यसरी जोगाउनुहोस् मिर्गाैला

(भिडियोसहित)



Download our app to get more features

बालबालिका, युवा, वृद्धवृद्धा सबै उमेर समूहका मानिसमा मिर्गाैलाको समस्या हुनसक्छ । केहि समययता मिर्गाैला रोगीको संख्या बढ्दो क्रममा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएका पनि छन् । मिर्गाैलामा खराबी आउनुको कारण र सोबाट बच्ने उपाय बारे मिर्गाैला रोग विशेषज्ञ डा. अनिल पोख्रेलको सुझाव यस्तो छ :–

पेट पछाडि ढाड नजिकै रहेको अति महत्वपूर्ण अंग हो मिर्गौला । शरीरमा दुई वटा मिर्गौला हुन्छन् । मिर्गौलाले सही र सन्तुलित तरिकाले काम गरेन भने मिर्गौलामा त रोग लाग्छ नै अन्य अंगमा पनि गम्भीर प्रकृतिका रोग लाग्ने संभावना रहन्छ । यसर्थ, मिर्गौलालाई स्वस्थ राख्न सधै सचेत रहनु पर्छ ।

मिर्गौलाको काम 
हामीले खाएको वा शरीरभित्र पसेको कुरा जुन काम लाग्दैन त्यसलाई बाहिर पठाउने काम मिर्गौलाले गर्छ । साथै रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउँछ । शरीरमा पानीको मात्रा सन्तुनल गराउनु पनि मिर्गौलाको काम हो । रेनिन नामको ईन्जाइम उत्पादन गर्ने भएकाले उच्च रक्तचाप हुनबाट पनि यसले जोगाउँछ । भिटामिन डी उत्पादन गर्ने भएकाले हड्डी बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

मिर्गौला बिग्रने मुख्य कारण 

  • मधुमेह, उच्च रक्तचाप आदि । 
  • शरीरमा पानीको कमी ।
  • क्षणिक दुखाई कम गर्ने पेनकिल्लर लगायतका औषधिको धेरै सेवन ।
  • वंशाणुगत गुण ।
  • धुम्रपान तथा मध्यपानको सेवन ।
  • धेरै गर्मीमा लामो समयसम्म काम गर्नु ।

मिर्गौला बिग्रीदा यस्ता लक्षण देखिन्छन् 

  • छिटोछिटो पिसाब लाग्ने ।
  • पिसाब धमिलो देखिने तथा फिज आउने ।
  • मुख सुख्खा हुने ।
  • हात खुट्टा सुनिने ।
  • रक्तअल्पदा हुने ।
  • भोक नलाग्ने वा धेरै लाग्ने ।
  • रिंगाटा लाग्ने वा वाकवाकी लाग्ने ।
  • औषधि सेवन गर्दा पनि रोग चाडो निको नहुने ।

रोग लाग्न नदिन यसो गर्ने 
मिर्गौला फेल हुने समस्या सामान्य रोग होइन । यो रोग एक पटक लागेपछि ठिक हुन गाह्रो हुने र लक्षण निकै ढिला मात्र देखा पर्ने भएकाले मिर्गौलालाई स्वस्थ राख्न हरदम चनाखो रहनुपर्छ ।

परिवारका कुनै सदस्यलाई यो रोग लागेको भए मिर्गौलाको परीक्षण नियमित गराइरहनु पर्छ । स्वस्थ व्यक्तिले पनि वर्षमा एक पटक मिर्गौलाको परीक्षण गर्ने । स्वच्छ पानी पिउने । स्वस्थ खानपान खाने । सक्रिय जीवनशैली अपनाउने । नियमित व्यायम गर्ने । विशेष गरेर बालबालिकालाई ज्वारो आउँदा प्रत्येक पटक पिसाब परीक्षण गराउने ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-03-05 16:21:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts