बेबी सफ्ट छाला बनाउने यी हुन् घरेलु उपाय



Download our app to get more features

हावा धेरै चल्ने र धुलो पनि धेरै उड्ने हुँदा यौ मौसम छालाको लागि राम्रो मानिदैन ।राम्रोसँग स्याहार नगर्ने हो भने यो मौसममा हातखुट्टाका छाला सुख्खा र फुस्रो देखिन्छ ।
पटक–पटक क्रिम लगाउदा पनि छालामा मुलायमपन देखिदैन र केही समयमै छाला सुख्खा हुन्छ । यो मौसममा छालालाई कोमल बनाई राख्न केही घरेलु उपाय प्रस्तुत गरिएको छ । जानौ ती घरेलु उपाय ः—

क्रिम भन्दा राम्रो तेल 
यो मौसममा छालामा जति क्रिम लगाए पनि छालाको रूखोपना जाँदैन । यस्तो अवस्थामा क्रिमको साटो तेल लगाए राहत मिल्छ । राम्रो नतिजा पाउनका लागि तेललाई तताएर लगाउन सकिन्छ । नरिवलको तेल, बदामको तेल प्रयोग गर्न पनि सक्नु हुन्छ । तेल लगाउनाले नङलाई पनि फाइदा हुन्छ ।  

मह
विशेषगरी जाडोमा मह सेवनले औषधिकै काम गर्छ । मह खानाले ईम्युन सिस्टम बलियो हुन्छ भने छालामा मह लगाउनाले कोमल बन्छ । राम्रो नतिजाका लागि यसमा बदामको तेल मिसाएर लगाउन सकिन्छ । 

सुन्तलाको बोक्रा 
ताजा सुन्तलाको बोक्रालाई पिँसेर हातखुट्टामा लगाउनाले छाला कोमल र सुन्दर हुन्छ ।

हातमा दाग भए यसो गर्नुहोस् 
यदि हातमा दाग छ भने कागतीको प्रयोग निकै लाभदायक हुन्छ । कागतीको बोक्रालाई पिँसेर बिस्तारै बिस्तारै रगड़्नाले दाग हराएर जान्छ । 
ग्लिसिरीन   
चिसोको एलर्जी छ भने छाला चिलाउने हुन्छ । यस्तो अवस्थामा गुलाब जलमा ग्लिसिरिन मिसाएर हातखुट्टा तथा शरीरमा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथै यसले अनुहारलाई चम्किलो र मुलायम पनि बनाउँछ । 

(एजेन्सीको सहयोग)  
 

Last modified on 2018-03-05 11:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts