महानिर्देशक बनेको १० दिनमै डा. श्रेष्ठको अवकाश



Download our app to get more features

काठमाडौं, २१ फागुन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विनोदमान श्रेष्ठले सोमबार अवकाश पाएका छन् ।

महानिर्देशकका रुपमा पदाबहाली गरेको १० दिनपछि उनले उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । 

स्वास्थ्य मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी दिएपनि असन्तुष्टि पोख्दै आएका डा. श्रेष्ठले ९ दिनपछि मात्र पदभार ग्रहण गरेका थिए ।  ११ फागुनबाट पदबहाली गरेका डा. श्रेष्ठले १० दिनपछि सोमबार अनिवार्य अवकाश पाएका हुन् ।

निवर्तमान स्वास्थ्यमन्त्री दिपक बोहराले डा. राजेन्द्र पन्तलाई विभागको महानिर्देशकबाट हटाएर डा. तारानाथ पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएको थियो ।

डा. पन्तले पदाबधि छँदै गैरकानुनी तरिकाले पदीय जिम्मेवारीबाट हटाएको भन्दै सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्च अदालतबाट पुनर्बहाली पाएपछि डा. पन्त महानिर्देशकको हैसियतमा हाजिर गर्दै आएका थिए । 

निवर्तमान स्वास्थ्यमन्त्री बोहराले जाँदाजाँदैै स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ चिकित्सकका रुपमा रहेका डा. श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । 
 

 


 

Last modified on 2018-03-06 10:16:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts