तौल घटाउने औषधिले यसरी लिन्छ ज्यान 



Download our app to get more features

एजेन्सी ।ग्ल्यामर क्षेत्रमा लागेका युवतीमा तौल घटाउने दबाब र चाहनाका कारण ड्रग्स र हार्मोनको प्रयोग बढ्दो छ ।

तर यस्तो दबाबमा प्रयोग गरिएका औषधिले तौल घटाउनुको साटो ज्यानै समेत लिनसक्छ । चिकित्सकहरूका अनुसार यस्ता औषधिका कारण मुटुमा असर पर्छ र हृदयघात पनि हुन्छ ।

सुपर स्पेसिएलिटीको कार्डियोलोजिस्ट डा. नीरज भल्लाले भने माड्सल र कलाकारले डियुरिसिटी नामक औषधि लिने गर्छन । यो औषधिले शरीरबाट पानी निकाल्छ जसले गर्दा शरीरमा चाहिने पानीको मात्रा कम हुन्छ । माड्सल शोमा पहिला आफ्नो तौल कम गनुपर्ने भएकाले तौल कम गर्नका लागि यो औषधिको प्रयोग गर्छन । यसले ३ देखि ४ केजी तौल घटाउँछ । तर, यसले शरीरमा साल्ट र इलेक्ट्रोसाइडको कम हुन्छ ।

डा. भल्लाले भने ‘यदि शरीरमा पोटासियम र साल्ट कम भयो भने खतरा हुन्छ र सिधै मुटुमा असर गर्छ र हृदयघात हुने सम्भावना हुन्छ ।’
डाक्टरहरूका अनुसार माड्सल र अभिनेत्रीहरूले तौल घटाउन हर्मोन ट्याब्लेट  पनि प्रयोग गर्छन जसमा थाइराइट हर्मोन हुन्छ । जसको थाइराइट नर्मल हुन्छ उसले थाइराइट बढाउने औषधि खान्छन जसले गर्दा तौल कम हुन्छ ।

यसको असरका बारेमा थाहा पाएर पनि प्रयोग गरी रहन्छन । औषधि र हार्मोनले मुटुको धड्कन बढाउँछ । जसले गर्दा मुटुको धड्कन कन्ट्रोल हँुदैन र हिड्डुल गर्न नसक्ने अवस्थामा समेत पुग्छ ।

Last modified on 2018-03-06 10:49:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts