अस्पतालको उपकरण लिलाममा घोटला भएको भन्दै फोरमले बुझायो ज्ञापनपत्र 



Download our app to get more features

खोटाङ, फागुन–२२ । जिल्ला अस्पताल खोटाङको करोडौंको उपकरण कौडीको भाउमा लिलाम गरिएको घट्नालाई ढाकछोप गरिएको भन्दै संघीय समाजबादी फोरमले हिजो प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 

जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ प्रकारका सामान तथा उपकरण २६ हजार ५ सयमा लिलाम विक्री गरिएको घटनालाई ढाकछोप गरिएको भन्दै फोरमले विरोध जनाएको हो ।

लिलाम विक्री उपसमितिले गत २०७२ फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम विक्रीका लागि १५ दिने सूचना टाँस गरेर २०७२ चैत्र २ गते लिलाम बिक्री गरेका थिए । अस्पतालको उपकरण लिलामका विषयमा छानबीन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबीन समितिले कमजोरी नदेखिएको प्रतिबेदन बुझाएर दोषीलाई चोख्याएको संघीय समाजबादी फोरमको आरोप छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts