जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट हुने प्रसुति सेवा पुनःसञ्चालन 



Download our app to get more features

भोजपुर,२२ फागुन । जिल्ला अस्पताल भोजपुरमा २ वर्षदेखि बन्द रहेको शल्यक्रियाबाट हुने प्रसुति  सेवा पुनः ट सञ्चालनमा आएको छ ।

लामो समयदेखि बन्द भएको सो सेवा सञ्चालनमा आएसंगै सोमवार एक जनाको शल्यक्रिया गरि बच्च जन्माइएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । डाक्टर पुजन विकको नेतृत्वमा रहेको चिकित्सकको टोलीले भोजपुर नगरपालिका –७ वस्ने १८ वर्षिय चन्द्रकला तामाङ्गको सफल  शल्यक्रिया गरेको जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजुकुमार श्रेष्ठले जनाकारी एि ।  डाक्टर पुजनले तीन महिने एड्भान्स एस वी ए तालिम लिएर आएलगतै शल्यक्रिया गर्न सफल भएका हुन्

लामो समयदेखि सेवा बन्द हुँदा गर्भवती महिला बाहिरी अस्पताल जान बाध्य थिए । ढिलै भए पनि सेवा सञ्चालनमा आएकोमा स्थानियले खुसी व्यक्त गरेका छन् । जिल्लामा प्रसुती गराउन आउने मध्ये ५ देखि १० प्रतिशत सम्मको शल्यक्रियाबाट प्रसुती गराउनुपर्ने अवस्था रने गरेको अस्पतालका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।   
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts