सुरक्षाको माग गर्दै चिकित्सक संघले देशैभर हस्ताक्षर संकलन गर्ने



Download our app to get more features

काठमाडौं, २२ फागुन । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ तत्काल लागू गर्न माग गरेको छ । 

संघले चिकित्सकहरुको सुरक्षाको प्रत्याभुति सरकारले गर्नुपर्ने भन्दै सुरक्षा सम्बन्धी ऐन लागू गर्न माग गरेको हो । 

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा. जितेन्द्र कुमार सिंह माथी उपचारको क्रममा गरिएको साघांतिक घटनाका दोषीलाई अहिलेसम्म कारबाही नगरेको भन्दै संघले विरोध जनाएको छ । 

दोषीलाई कारवाही र बिना धरौटी जेल चलानको प्रावधान थप गर्नका लागि संघले सरकारको ध्यानाकर्षण गरेको छ । 

घटनामा संलग्न दोषीहरुलाई थप कानूनी कारवाही नगरिएको अवस्थामा उक्त जिल्लामा चिकित्सकहरु गई शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने परिस्थिति सिर्जना नभएको संघले जनाएको छ । 

स्वास्थ्य सेवा प्रवाहका लागि खटिएको अवस्थामा, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी हातपात गर्ने, स्वास्थ्य संस्था तोडफोड गर्ने जस्ता अपराधिक मानसिकता बोकेकाहरुलाई बिना धरौटी जेल चलान गर्नुपर्ने संघको भनाई छ । 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ यथासिघ्र कार्यान्वयन गराउन संघका सम्पूर्ण शाखा कार्यालयहरुलाई फागुन २२ देखि लागू हुने गरी १ हप्ताभित्र सम्पूर्ण चिकित्सकहरुको हस्ताक्षर संकलन गरी संघको केन्द्रीय कार्यालयमा पठाउन विज्ञप्ति मार्फत  जानकारी गराइएको छ । 

संघले चिकित्सकलाई https://goo.gl/4pTZvH मा गई Petition Sign गर्न आग्रह गरेको छ । 

संघको केन्द्रीय कार्यालयमा देशैभरीका चिकित्सकहरुको हस्ताक्षर सकलन गरी प्रधानमन्त्रीलाई बुझाई चिकित्सक, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुले दिनप्रतिदिन असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको अवस्थाका बारेमा गम्भिर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको संघले जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts