'मिर्गौला बचाऔँ' अभियान  सुरु



Download our app to get more features

काठमाडौं,२३ फागुन । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मिर्गौला बचाऔँ अभियान  सुरु गरेको छ ।

मिर्गौला दिवसको अवसर पारेर यो अभियान शुरु गरिएको वरिष्ठ मिर्गौला विशेषज्ञ ऋषिकुमार काफ्लेले  बताए ।अभियानका बारेमा जानकारी दिन हिजो काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा मिर्गौला रोगबाट विश्वका १९ करोड ५० लाख महिला प्रभावित भएका कारण यस वर्ष मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारा तय गरिएको जानकारी दिईएको थियो ।  

५ जना चिकित्सकको टोलीले सुरु गरेको सो अभियानमा सहभागिता जनाउनेले वार्षिक ५ सय रुपैयाँ सहयोग गर्नुपर्ने डा।काफ्लेले बताए । उनले मिर्गौला रोग पुरुषलाई भन्दा महिलामा बढी देखिएको र गर्भवती अवस्थामा मिर्गौला रोगको समस्या देखियो भने त्यसले शिशुलाई समेत नकारात्मक असर देखिने जानकारी दिए । 

डा.काफ्लेले शारिरिक व्यायाम, स्वास्थ्य जीवन शैली ,मादक पदार्थ सेवन नगरे तथा पर्याप्त मात्रमा पानी खाने हो भने यस समस्याबाट बच्न सकिने बताउनुभयो । मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारासहित विश्व मिर्गौला दिवस भोली नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । 

Last modified on 2018-03-07 12:44:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts