एम्सले विकास गर्यो क्यान्सर उपचारमा नयाँ विधि



Download our app to get more features

एजेन्सी/ भारतको नयाँ दिल्लीस्थित एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स) का डाक्टरहरूले क्यान्सर उपचारको नयाँ तरिका विकास गरेको दावी गरेका छन् । उनीहरूले विकास गरेको यो तरिकाले पेटसँग सम्बन्धित क्यान्सरको उपचारमा निकै राम्रो प्रभाव पारेको बताएका छन् । 

उनीहरूले किमोथेरापीको औषधिलाई तातो बनाएर सिधै पेटमा पठाएर उपचार गर्न सकिने विधिको विकास गरेको बताएका छन् । यसअघि किमोथेरापीको औषधि शल्यक्रियापछि नशामा पठाइन्थ्यो ताकी क्यान्सरका सेललाई नष्ट गर्न सकियोस् । यो उपचार विधिले बिरामी बाँच्ने सम्भावना दर बढेको उनीहरूको भनाइ छ । 

एम्सको सर्जिकल अंकोलोजीका प्रमुख डा. एसबि देओले भने ‘यो नयाँ तरिकाबाट औषधि दिँदा बिरामी बाँच्ने सम्भावाना दर बढेको छ ।’ यो तरिकालाई हाइपरथेर्मिक इन्ट्रापेरिटनील किमोथेरापी भनिन्छ । यो विधिको अभ्यास पचिश्मा देशमा यसअघि नै भए पनि भारतमा भने भर्खरै भएको हो । 

एक सय बिरामीमा सफल परीक्षण 
डाक्टर देओका अनुसार एम्समा हाइपरथेर्मिक इन्ट्रापेरिटनील किमोथेरापी गर्ने तरिकाको प्रयोग पहिलो पटक सन् ०१३ मा एक महिलामा गरिएको थियो । जुन महिलाको आन्द्रामा क्यान्सर भएको थियो । यो क्यान्सर सयमा एक वा दुई जनामा हुने सम्भावना हुन्छ । त्यस बेला पनि यो प्रयोगबाट क्यान्सरको सफल उपचार भएको थियो ।

डा. देओ भन्छन ‘त्यो समयमा यो तरिकाको बारेमा विश्वास थिएन । यसको बाबजुत पनि सफल प्रयोग गरियो । किनभने ती महिलाको ज्यान बचाउनु थियो । किमोथेरापीको औषधिलाई तताएर शल्यक्रिया गरेपछि तुरुन्त बिरामीको मुटुमा मेसिनद्वारा पठाइयो । ती महिला आजसम्म पनि स्वस्थ छिन ।’ अचानक मिलेको सफलतापछि एक सय बिरामीमा यो परीक्षण गरिएको थियो ।

क्यान्सरबाट मर्ने बिरामीको सख्या घट्यो 
डा. देओले यो तरिकाको प्रयोगबाट सर्जरीपछि बिरामीको मृत्यु हुने सम्भावना १० प्रतिशतबाट घटेर २–३ प्रतिशतमा झरेको बताए । एम्स बाहेक निजी अस्पतालले पनि यो सुविधा दिन्छन । तर एम्सले यो सुविधा निःशुल्क र सब्सिडाइज्ड शुल्क मात्र लिन्छ ।

सबै क्यान्सरमा यसको प्रयोग गर्न सकिदैन 
डाक्टरहरूले यो तरिका सबै क्यान्सरका बिरामीमा प्रयोग गर्न नसकिने बताउँदै आएका छन् । यसको प्रयोग सिर्फ पेटको क्यान्सर पिडितमा मात्रै उपयुक्त हुन्छ । साथै यो विधि ती अस्पताल या संस्थामा मात्रै गनुपर्छ जहाँ यो तरिकाको प्रयोग गर्ने डाक्टर अनुभवी र कुशल छन् । यो औषधिको मात्रा या तापमान मा कुनै पनि गडबढी हुन हुँदैन । यदि औषधिको मात्रा र तापमानमा घटबढी भएमा बिरामीको ज्यानै जान सक्छ ।

एम्सले हालै एउटा वर्कशपको आयोजना गरेको थियो जहाँ युवा सर्जनलाई तालिम दिइएको थियो । पेटसँग जोडिएको कोलोरेक्टर  क्यान्सर पुरुषमा तीव्र गतिमा फैलिरहेको छ । यसको मुख्य कारण खानपान र गलत बानी हो । यसबाहेक महिलामा हुने गर्भासयको क्यान्सर पनि बढ्दो छ ।

Last modified on 2018-03-08 16:10:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts