विश्व मृर्गौला दिवस

मिर्गौला रोगका कारण प्रत्येक वर्ष छ लाख महिलाले गुमाउँछन ज्यान



Download our app to get more features

–    गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाले ज्यान गुमाउँछन् । 
–    यो रोगबाट विश्वभर १९ करोड ५० लाख  महिला प्रभावित छन् । नेपालमा पनि महिलामा मिर्गौला रोगको समस्या बढ्दै गएको पाइएको छ ।
–    यो रोग पुरुषलाईभन्दा महिलालाई बढि लाग्ने गरेको पाइन्छ , १२ प्रतिसत पुरुषमा यो रोगको समस्या छ भने १४ प्रतिसत महिला यसबाट ग्रस्त छन् । 
–    गर्भवती अवस्थामा गम्भीर मिर्गौला रोग भएका आमा र तिनका शिशुले नकारात्मक प्रभावसँग सामना गर्नुपर्ने जोखिम बढि हुन्छ । 
–    गर्भवती अवस्थाका जटिलताहरुले मिर्गौला रोगको खतरा बढाउँछ, प्रिक्लाम्प्सिीया भएका महिलाहरुमा मिर्गौला रोगको अन्तिम चरणमा पुग्ने सम्भावना ४ देखि ५ दोब्बर बढि हुन्छ । 

गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको नितान्त खाँचो छ। साथै गम्भीर मिर्गौला रोगको अग्रिम निदान गर्न गर्भवती अवस्था एक महत्वपूर्ण अवसर पनि बन्न सक्दछ, जसबाट योजनावद्ध उपचार गर्न सकिन्छ ।

(स्रोत–राष्ट्रिय मृर्गौला उपचार केन्द्र)
 

Last modified on 2018-03-08 09:33:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts