मिर्गौला रोग सम्बन्धी जान्नै पर्ने केही कुरा 



Download our app to get more features

मिर्गौला रोग  मानिसको मृत्यु गराउनेमध्ये ८औ नम्बरको रोगमा पर्दछ । यस रोगका सम्बन्धमा केही महत्वपूर्ण जानकारीहरु यहाँ चर्चा गरिएको छ । 

  •  संसारभरी १० प्रतिशत मानिसहरु जटिल मिर्गौला रोगबाट ग्रस्त छन् भने उचित उपचार तथा परामर्शको कमीले गर्दा वर्षेनी लाखौ मानिसहरुको मृत्यु हुने गर्दछ । 
  • मिर्गौला रोग लाग्नुमा उच्च रक्तचाप र मधुमेह प्रमुख कारणहरु हुन । 
  • मिर्गौला रोग पुरुषलाई भन्दा महिलालाई लाग्ने संभावना बढि हुन्छ । अस्वस्थकर खानपान र जिवनशैली मिर्गौला रोगको प्रमुख कारणहरु हुन् । 
  • संसारभरका ६५ वर्षदेखि ७४ वर्ष सम्मका मानिसहरुमा गरिएको सर्वेक्षण अनुसार प्रत्येक ५ पुरुषमध्ये १ जनालाई जटिल मिर्गौला रोग र प्रत्येक ४ महिला मध्ये १ जनालाई जटिल मिर्गौला रोग लागेको पाइएको छ । 
  • मिर्गौला रोग मानिसहरुको मृत्यु  गराउने मध्ये ८ औं प्रमुख कारणमा पर्दछ । 
  • मिर्गौला पूर्ण खराब भएपछि गर्ने उपचार भनेको कि डायलासिस वा मिर्गौला प्रत्यारोपण मात्र हो

मिर्गौला रोग लाग्दा देखिने लक्षणहरु

  • रक्तअल्पता–शरीरमा रगतको मात्रा कमि हुने । 
  • धेरै पिसाब लाग्ने । 
  • मुख सुख्खा हुने
  • पिसाब धमिलो देखिने तथा फिज आउने । 
  • हात खुट्टा सुन्निने । 
  • भोक नलाग्ने वा धेरै लाग्ने । 
  • औषधि सेवन गर्दा पनि रोग चाँडो निको नहुने । 
  • रिंगटा लाग्ने वा वाकवाकी लाग्ने । 

बच्ने उपायहरु

  • फलफूलहरु प्रशस्त मात्रामा खाने। 
  • विशेषगरी–स्याउ, सुन्तला, अनार, कागती, आँप, ऐसुलु आदी । 
  • सागपात तथा तरकारीहरु प्रशस्त मात्रामा खाने । विशेषगरी–ब्रोकाउली बन्दा, रायो, टमाटर, चुकन्दर, फर्सीको मुन्टा आदी । 
  • गेडागुडीहरु प्रशस्त मात्रामा खाने विशेषगरी–गेडागुडी खाँदा बाहिरको बोक्रा ननिकाली खाने । 
  • बादाम, ओखर, काजु, पिस्ता आदी प्रशस्त मात्रामा खाने । 
  • फाइबरयुक्त खानेकुरा बढि खाने । 
  • पोलिस गरिएको चामल भन्दा ब्राउन राइस खाँदा फाइदाजनक हुन्छ । 

(स्रोत: नेपाल पोषणविद तथा डाइटिसियन संघ)

Last modified on 2018-11-02 07:01:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts