विश्व मृर्गौला दिवस 

१० नियम जसले तपाईंको मिर्गौलालाई बचाउँछ 



Download our app to get more features

काठमाडौं,२४ फागुन । आज विश्व मृर्गौला दिवस । नेपालमा पनि सम्बन्धित संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी मनाउँदैछन् ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे आमनागरिकलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

विश्व मिर्गौला दिवस सन् २००६ देखि विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइदै आइएको छ । मिर्गौला बचाउनका लागि अपनाउनुपर्ने १० नियमका बारेमा यहाँ चर्चा गरिएको छ ।

१. नुन बढि भएका खानेकुरा कम खाने । जस्तै–आलु चिप्स, फास्ट फूडहरु(मःम, चाउमिन, ससेज) पाँउ–अचार ।
२.चिनी बढि भएका खानेकुराहरु कम खने । जस्तै–मिठाइहरु(पेडा, जुलेबी, रसवरी),चिसो पेय पदार्थ, प्रशोधित जुसहरु । 
३. मधुमेह हुनबाट जोगिने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने । मधुमेह भएमा मिर्गौला रोग लाग्ने सम्भावना अरु बेला भन्दा बढेर जान्छ । 
४. रक्तचाप सधै नियन्त्रणमा राख्ने । उच्च रक्तचाप भएमा मिर्गौला रोग लाग्ने संभावना अरुबेला भन्दा बढेर जान्छ । 
५.शरीरको तौल धेरै बढ्न नदिने साथै शरीरमा बोसोको मात्रा नियन्त्रणमा राख्ने । शरीरको तौल अस्वस्थकर तवरले बढेमा यसले मिर्गौला रोग निम्त्याउन सक्छ ।
६. पर्याप्त मात्रामा स्वस्थकर झोल पदार्थहरु खाने । दिनमा २–३ लिटर पानी खानु मिर्गौलाको लागि राम्रो हुन्छ । तर चिसो पेय पदार्थहरु, प्रशोधित गरिएको जुसले मिर्गौलालाई हानी गर्छ ।
७.सूर्ति तथा चुरोट नखाने । 
८.रक्सी सेवन नगर्ने । 
९.दुखाई कम गर्ने औषधिहरु सकेसम्म कम गर्ने । जस्तै–पेनकिलर आदी । 
१०.शारीरिक व्यायाम नियमित गर्ने । शारीरिक व्यायाम नियमित गर्नाले  मिर्गौलामा रक्तसञ्चार राम्रोसँग हुने हुनाले मिर्गौला स्वस्थ राख्न मद्दत गर्दछ । 

(स्रोत–नेपाल पोषणविद तथा डाइटिसियन संघ)

Last modified on 2018-03-08 16:09:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts