मिर्गौला दिवस

यस्तो छ मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको अवस्था  



Download our app to get more features

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जटिल मिर्गौला पीडित व्यक्ति हुन ।

मिर्गौलाले कामै गर्न छोडेपछि उनले सन २००७ मा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए । नातामा बुहारी पर्ने अन्जना घिमिरेले प्रधानमन्त्रीलाई उतिबेला मिर्गौला दिएर पुर्नरजन्म दिएकी थिइन् । प्रत्यारोपण भएको १० वर्ष भइसकेको छ । यो बीचमा सन २०१४ मा प्रधानमन्त्रीको मिर्गौलामा संक्रमण भएको थियो । उनको स्वास्थ्यको नियमित जाँच गरिरहेकी डा. दिव्या सिहं शाहका अनुसार प्रधानमन्त्री ओली अहिले स्वस्थ छन् ।

प्रत्यारोपण गरिएको उनको मिर्गौला पनि स्वस्थ नै रहेको छ । उनले प्रत्येक २–देखि ३ महिनामा मिर्गौलाको परीक्षण गराउने गरेका छन् । पछिल्लो समय करिब १ महिना अघि उनले मिर्गौला परीक्षण गराएका थिए ।

सामान्य व्यक्तिले जति पनि ध्यान दिदैन् प्रधानमन्त्रीले  
प्रधानमन्त्री केपी शर्मा ओली देशका सर्वाधिक व्यस्त हुन् । नेकपा एमालेको अध्यक्ष समेत रहेका ओली बिहान उठेदेखि नै राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त हुने गर्दछन् । यसकारण पनि उनले सामान्य मानिसले  जति पनि स्वास्थ्यमा ध्यान दिन नसकिरहेको डा. दिव्या शाह बताउँछिन् । उनका अनुसार दौडधुप, कामको चाप तथा सरसफाइमा ध्यान दिन नसक्दा केही वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा संक्रमण भएको थियो ।

Last modified on 2018-03-08 16:09:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts