सन्दर्भ : महिला दिवस

अध्ययन भन्छ : महिला अन्धोपनाको उच्च जोखिममा



Download our app to get more features

काठमाडौं, २४ फागुन । तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा लैगिंक आँखा स्वास्थ्य सम्बन्धी अध्ययनपत्र प्रकाशित गरेको छ । अध्ययन पत्र महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे हो । 

विश्वमा कुल अन्धोपना मध्ये ५५ प्रतिशत महिला रहेका छन् । आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको अध्ययनमा उल्लेख छ । 

एक महिलाले पूर्ण दृष्टि प्राप्त गर्दा उसमा पर्ने मनोवैज्ञानिक प्रभाव, आयआर्जको सम्भावना, सामाजिक क्रियाकलापमा सहभागिताको क्रममा विकास साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभाव पर्ने इकोनोमोनिष्ट इन्टिलेजन्स युनिटको अध्ययनमा उल्लेख गरिएको छ ।  

प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङ्गका अनुसार हाल आँखा सेवा आवश्यकसंख्या मध्ये  कुल ३० देखि ३५ प्रतिशत आँखा सेवाग्राहीले सेवा पाइरहेका छन् । महिलामा भएको कुल अन्धोपनको भारको आधारमा ६० प्रतिशत सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५३ प्रतिशत मात्र प्रयोग गरेको देखिन्छ । 

आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गरि समूदायमा लैजादा मात्र आँखा सेवाको समतामूलक वितरण र भिजन २०२० को लक्ष्यहरु प्राप्त गर्ने सम्भावना रहेको डा गुरुङ्गको भनाइ छ ।
फ्रेड हलोज फाउण्डेसनका क्षेत्रिय निर्देशक रमेश पुरीले भने 'दिगो विकास लक्ष्यका लागि समानता, उचित कार्य, आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै लग्नुपर्छ ।'  

अन्तराष्ट्रिय एजेन्सी International Agency for the Prevention of Blindness ले हालै प्रस्तुत गरेको एक तथ्यांक अनुसार विश्वभरिको अन्धोपन ५५ प्रतिशत महिलाहरुमा पुरुषहरुभन्दा १.३ गुणा बढि अन्धोपन हुनसक्ने देखाएको छ । 

ग्रामीण महिलाको अन्धोपन निवारणको थुप्रै चुनौतिहरु छन् । देशका ७ वटा जिल्ला धनुषा, सर्लाही, सिन्धुली, महोत्तरी, कैलाली, बैतडी र डडेल्धुरामा महिलाको आँखा स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी बनाउन फ्रेड हलोज फाउण्डसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य भइरहेको छ ।    

आँखा स्वास्थ्य हेरविचारमा लैगिंक मैत्री जनचेतना विकास सामाग्री उत्पादनको लागि लैगिंक मुद्दाका समूहलाई समेटेर फाल्गुण १५ देखि १७ सम्म काठमाडौंमा अन्तराष्टिय कार्यशाला सम्पन्न गरिएको थियो । जसमा नेपाल, पाकिस्तान, बंगलादेश, भियतनाम र अष्ट्रेलियाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

फ्रेड हलोज फाउण्डेसन हटाउन सक्ने अन्धोपनमा विश्वमा कार्यरत एक अन्तराष्ट्रिय विकास संस्था हो । फ्रेड हलोज र उनकी श्रीमती ग्यावी हलोजद्धारा स्थापित यस फाउण्डेशनले विशवका २५ देशहरुमा अति सिमान्तकृत समुदायका व्यतिहरुको दृष्टि पुर्नस्थापनामा कार्यरत छन् ।

तथ्याङ्क 

  •    हाल २ करोड महिला अन्धोपना र १२ करोड महिलामा दृष्टिदोष रहेको देखिन्छ । 
  •   International Agency for the Prevention of Blindness को अध्ययनले सन् २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा बढ्ने सम्भावना रहेको देखाउँछ । 

अन्धोपनाको अधिक जोखिममा महिला 

  • आँखा स्वास्थ्यमा महिलाको पहुँच तुलनात्मक रुपमा पुरुषको भन्दा कम देखिन्छ । 
  • महिलाको औसत आयु पुरुषको भन्दा बढी भएकोले उमेरले निम्त्याउने आँखाको समस्या जस्तै मोतिविन्दुको समस्या महिलामा बढी देखिन्छ । 
  • आय आर्जन तथा परिवारको निर्णायक भूमिकामा नहुँदा हालको उपचारको लागत पुरुषमूखी बढी देखिन्छ 
  • आँखा सेवा लिन महिलालाई सहयोगी साथीको आवश्यकता पर्ने कारण सेवा प्रयोगमा कमी हुने देखिन्छ । 
  • रोजगारमा कम सहभागिता तथा घरायसी कामको लागत मूल्याकंन नगर्नु अर्को कारण देखिन्छ । 
Last modified on 2018-03-11 09:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts