सेलिव्रेटिले बनाए ‘पिरिएड पावर’ झल्किने तस्विर

फोटो फिचर



Download our app to get more features

काठमाडौं, २५ फागुन । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मित्र समाजले ‘पिरिएड पावर’ नामक अभियान सुरु गरेको छ ।

समाजले वाटर एडको सहकार्यमा चित्रकला मार्फत सो अभियानको सुरुवात गरेको हो । 

नेपाली सेलिव्रेटि लगायत सर्वसाधारणले चित्र मार्फत महिनावारीको बारेमा आफ्ना भावना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागि पूर्व मिस नेपाल उषा खड्गीले महिनावारीको समयमा छुन नहुने भन्ने रुढिवादी परम्परा शहरी क्षेत्रमा हराउँदै गएपनि ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि विद्यमान रहेको बताइन् । छाउपडी जस्ता परम्परा अहिलेसम्म कायमै रहेका कारण त्यसलाई हटाउन हामी महिलाले नै भूमिका निर्वाह गर्नु पर्ने उनले बताइन् । 

महिनावारीको बेला महिलालाई भान्छा र पूजा कोठामा जान रोक लगाइने प्रथा अहिलेसम्म पनि रहेको पूर्व मिस नेपाल सुगारिका केसीले बताइन् । महिनावारीको बेला सँधै आफूलाई सफा र स्वस्थ खाना खानु पर्ने भन्दै उनले महिनावारी महिलामा हुने नियमित चक्र भएकोले यसबारे खुलेर कुरा गर्नु पर्ने बताइन् ।

मित्र समाजकी कार्यक्रम संयोजक अशिमा कार्कीले महिलाले महिनावारी लुकाउनुको साटो खुलेर कुरा गर्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन् । उनले नेपालका ३ जिल्लामा महिनावारीबारे स्कुले बालबालिकालाई खुलेर बोल्नुपर्छ, महिनावारी के हो भनेर जान्नुपर्छ भन्ने बारेमा जनचेतना फैलाउने काम पनि सुरु गरिएको जानकारी गराईन् ।

महिनावारी बारे खुलेर बोलौं तस्विरमा 

Last modified on 2018-03-11 07:37:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts