भोड्काले बढाउँछ सौन्दर्य, जानौं प्रयोग गर्ने तरिका



Download our app to get more features


भोड्का भन्नासाथै मदकपदार्थ भनेर धेरैले नाक खुम्च्याउने गर्छन । तर भोड्का सौन्दर्य प्रसाधनको रुपमा पनि निकै उपयोगी छ । यसले कपाल र छालाको सौन्दर्य बढाउन मद्दत गर्छ । तर भोड्का पिएर होइन भोड्कालाई कपालमा लगाउँदा मात्रै सौन्दर्य बढ्छ । कपाल र छालाको सौन्दर्य बढाउन भोड्काको प्रयोग यसरी यसरी गर्न सकिन्छ :

छाला कसिलो हुन्छ 
भोड्का लगाउनाले खुकुलो छाला कसिलो बन्छ । भोड्कामा स्टार्च हुन्छ जसले खुकुलो छालालाई कसिलो बनाउनमा मद्दत गर्छ । यसको नियमित प्रयोगले अनुहारमा देखिने चाउरीपन हराएउँछ ।

स्किन टोन
भोड्कामा कपाललाई डुबाउँदै अनुहारमा विस्तारै रगड्नाले खुलेको रोमछिद्र बन्द भएर जान्छ । जसले छाला कसिलो हुनुका साथै मुलायम पनि हुन्छ । 

ग्लो
भोड्काको प्रयोगले अनुहारमा चमक आउनुका साथै सुख्खा छालामा पनि चमक आउने हुन्छ । डन्डिफोरमा भोड्का लगाउँदा समेत चाँडै निको हुन्छ । कपाल र छालामा भोड्का लगाउनाले छालाको फोहोर पनि सफा हुन्छ । 

कपालको लागि फाइदाजनक
स्याम्पूमा थोरै मात्रामा भोड्का मिसाएर कपालमा लगाउनाले कपाल मुलायम र सुन्दर हुन्छ । यसले कपालको रुखोपन पनि हटेर जान्छ ।  भोड्कामा एन्टीमाइक्रोवियल गुण हुन्छ जसले फंगस र ब्याक्टेरियालाई नष्ट गर्नमा मद्दत गर्छ । ब्याक्टेरियाले गर्दा नै कपालमा चाँया पर्छ । 

रेजरको सफाई
प्रयोग गर्ने रेजरलाई भोड्कामा केही समय डुबाएर छोड्नुहोस् । केही समयमा रेजरमा भएका ब्याक्टेरिया नष्ट भएर जान्छ र छालामा कुनै प्रकारको संक्रमण हुँदैन । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-03-12 11:11:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts