रुकुममा पनि स्वास्थ्य बीमा



Download our app to get more features

मेगराज खड्का, रुकुम २७, फागुन :  सरकारले केहि बर्ष अघिदेखि शुरु गरेको स्वास्थ्य बीमा  कार्यक्रममा रुकुममा पनि उद्घाटन गरिएको छ ।

सदरमुकाम मुसिकोटमा एक औपचारिक कार्यक्रममा बीच कर्णाली प्रदेश सांसद गोपाल शर्माको नाम दर्ता र परिचय पत्र प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सांसद शर्मा सगै मुसिकोट नगरपालिकामा प्रमुख देबिलाल गौतम, जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा र मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरबल केसी गरि ४ जनालाई स्वास्थ्य बिमामा नाम दर्ता सगै परिचय पत्र प्रदान गरिएको हो ।
 कार्यक्रममा बोल्दै प्रदेश सांसद गोपल शर्माले स्वास्थ्य बिमा कार्यक्रमम रुकुममा पनि शुरु भएर सरकार दुरदराजका गरिब जनताको पक्षमा छ भन्ने गतिलो उदाहरण प्रस्तुत भएको बताए । 

जनताप्रति उत्तरदायी सरकार जनताको कम्तिमा पनि आधारभुत आवश्यकता र अधिकार प्रति सचेत हुनुपर्ने भन्दै स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा यो कार्यक्रम मार्फत सानो रकम तिरेर बाँकी राज्य आफैले जनताको स्वास्थ्य अधिकारको जीम्मा लिए सरह भएको बताए । 

Last modified on 2018-03-12 08:17:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts