मिसोफोनिया: कुनै कुनै आवाज सुन्दा तपाईंलाई रिस उठ्छ ? 



Download our app to get more features

मलाई सानैदेखि कालोपाटीमा चक घोटिएको आवाज सुन्दा रिस उठ्थ्यो, जीउ सिरिङ्ग हुन्थ्यो ।

त्यस्तै सिमेन्ट प्लास्टर गरिएको जमिनमा पानी हालेर खरेटोले सफा गर्दा निस्केको आवाज म सुन्न सक्दैनथेँ । मलाई साह्रै कौतुहलता हुन्थ्यो साथीहरुलाई पनि यस्तै हुन्छ या हुन्नहोला? मेरो यो प्रश्नले केही साथीहरु मलाई पनि हुन्छ भन्थे भने कोही यस्तो हुँदैन भन्ने उत्तर दिन्थे । यो के हो भन्ने कौतुहलता मेरो मनमा लामो समय रह्यो । यस्तो तपार्इँहरुलाई पनि हुन्छ भने यो सामाग्री पढेर कौतुहलता मेट्नुस् ।

ओलाना तान्स्लेलाई पनि यस्तै हुन्थ्यो
ओलाना तान्स्ले जब आठ बर्षकी थिईन त्यो समय देखि नै उनलाई सास फेर्दा, खाना खाँदा आउने आवाज र पातहरु हावाले उडाउँदा जमिनमा घोटिएर आउने आवाजले सिरिङ्ग हुने गर्दथ्यो । जब कोही उनको छेउमा बसेर चिप्स चपाउँथ्यो उनलाई कठिन महशुस हुन्थ्यो र प्याकेटबाट आउने आवाजले पनि उनलाई असजिलो महशुस गराउँथ्यो । यस्तो आवाज सुन्दा तत्काल त्यो ठाउँबाट उठ्नु पथ्र्यो या त त्यो बन्द गराउनु पथ्र्यो ।

रेलको ३० मिनेटको यात्रामा यस्तै आवाजका कारण ८ पटकसम्म ट्रेनको डव्वा परिवर्तन गरेको अनुभव छ उनीसँग । कार्यालयमा कामका दौरान आउने यस्ता आवाजहरुले तीन महिनामा नै काम छोड्न बाध्य भइन् ।

के हो मिसोफोनिया?
मिसोफोनिया, सामान्य रुपमा कुनै आवाज मन नपर्नु हो । बेलायतका बैज्ञानिकहरुले विशेष आवाजले केही व्यक्तिमा अत्याधिक भावुक प्रतिक्रिया उत्पन्न हुने देखाएका छन् ।

अध्ययन कसरी भयो ?

बेलायती बैज्ञानिकहरुले २० जना मिसोफोनिया भएका र २२ जना मिसोफोनिया नभएका व्यक्तिमाथी अध्ययन गरे । जब उनीहरुलाई एमआरआई मेसिनमा हालिन्थ्यो तब बिभिन्न प्रकारका आवाज सुनाइन्थ्यो । जस्तै : पानी परेको आवाज, चिच्याएको कराएको आवाज र उनहरुलाई अफ्ठ्यारो महशुस गराउने आवाज आदि । 

अध्ययनको निष्कर्ष 
करेन्ट वायोलोजी नामक जर्नलमा प्रकाशित अध्ययन निश्कर्षमा भनिएको छ – “मानिसको मस्तिष्कमा रहेको एउटा भाग, द इन्टेरियर इन्सुलिन कर्टेक्स, जसले थाहा पाउने भाग र भाव वा आवेगलाई जाडिदिन्छ । जो व्यक्ति मिसोफोनियाबाट पीडित हुन्छ उसको यो भाग ज्यादा सक्रिय हुने गर्दछ । मिसोफोनियामा यो भाग मस्तिष्कका अन्य भागहरुसँग जोडिएको हुन्छ ।” न्यू क्यासल यूनिभर्सिटीका डा. सुख्बिन्दर कुमार भन्छन् – “जब कुनै व्यक्तिले ट्रिगर साउण्ड सुन्दछ उसलाई अ‍ैठन हुन थाल्छ ।” उनी थप्छन –“यस्तो आवाज सुनेको अवस्थामा अरुची या वाक्क लागेको भन्दा पनि प्रायः रिसाएको प्रतिक्रिया प्राप्त हुन्छ ।” अध्ययनको निष्कर्षले यसको उपचारका बिषयमा थप खोजी गर्न मद्दत मिल्ने अध्ययनकर्ताहरुको विश्वास छ । 

उपचार के हो ?

यस्तो रोगको कुनै प्रकारको उपचार तयार गरिएको छैन । सामना गर्ने क्षमताको विकास गर्नु नै यसको सबैभन्दा उत्तम विकल्प हो ।  ओलाना तान्स्लेले जब त्यस्तो आवाजको सामाना गर्नुपथ्र्यो तब आफ्नो कानमा इएर प्लग राख्न सुरु गरिन् । रक्सि र ड्रग्सले त्यो समस्यालाई झनै बल्झाएको उनी सजिलै महशुस गर्थिन ।  उनी भन्छिन् –“यो समस्या समाधान गर्न असम्भव जस्तै छ । तर निरन्तर २० बर्षमा म यो समस्या समाधान गर्न सक्षम भएकी छु ।

त्यसैले आफूलाई भाग्यमानी सम्झन्छु ।” न्यू क्यासल यूनिभर्सिटीको कग्निटिभ न्यूरोलोजीका प्रोफेसर टिम ग्रीफिथ्स् भन्छन् –“पीडित व्यक्तिलाई आश्वस्त पार्नु नै सबैभन्दा उत्तम उपाय हो ।”

 

Last modified on 2018-03-13 09:32:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts