सम्झनामा एन्जिला

नेपालमै एमबीबीएस पढ्न खोजेकी थिइन् एन्जिलाले

What's This?


Download our app to get more features

काठमाडौं, २९ फागुन । बंगलादेशको सिलोटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा एमबीबीएस सकेर इन्टर्न गरिरहेका निरोज डंगोलका कलेजका साथी हुन् एन्जिला श्रेष्ठ । सोमवार यूएस वंगला विमान दुर्घटनामा एन्जिलाको निधन भएको थियो ।  

सन २०११ मा एन्जिला र निरोजले ललितपुरको युनाइटेड एकेडेमीबाट सँगै प्लस टु पास गरेका थिए । प्लस टु पछि एमबीबीएस पढ्न निरोज बंगलादेश लागे भने एन्जिला नेपालमै एमबीबीएस पढ्ने सोचमा परीक्षा दिदै बसिन् । एमबीबीएसको लागि नाम निकाल्ने क्रममा एन्जिलाले नेपालमै एकबर्ष बिताइन् ।

नेपालका कलेजमा एमबीबीएसको सीट संख्या कम भएको कारण बंगलादेश आउन बाध्य भएको एन्जिलाले साथी निरोजलाई सुनाएकी थिइन् ।  बंगलादेशको कलेजमा किस्तामा रकम बुझाउन सकिने भएका कारण पनि पैसा तिर्न सजिलो हुने एन्जिलाको भनाइ उदृत गर्दै निरोजले सुनाए ।

नेपालमा नाम ननिस्केपछि एन्जिलाले एमबीबीएस पढ्न बंगलादेश जाने सोच बनाइन् । र, बंगलादेशमा पढिरहेका कलेजका साथी निरोजलाई उनी पढेको कलेजको बारेमा जानकारी लिइन् ।कलेजमा राम्रो पढाइ वातावरण भएको साथी निरोजले बताएपछि एन्जिला पनि एमबीबीएस पढ्न बंगलादेश पुगेकी हुन् ।

नेपालमा एउटै कलेज ब्याचका साथी भएका कारण निरोजसँग एन्जिला मिल्ने गर्थिन् । एन्जिलाभन्दा एकबर्ष एमबीबीएस अध्ययन गरिरहेका निरोजले पनि आफूसँग भएको किताब र नोटबुकहरु एन्जिलासँग सेयर गर्थे ।

फर्किने दिन किताव फिर्ता गर्न आएकी आश्ना

आश्नाले सिनियर विद्यार्थी रहेका निरोजलाई दाइ भनेर बोलाउथिन् । निरोज पनि आफूले जानेका कुराहरु आश्नालाई सिकाउने गर्थे । नेपाल फर्किने राति आश्नाले उनका साथी दिपाले लिइराखेको  गाइनोकोलोजीको किताव निरोजलाई फिर्ता गर्न आएकी थिइन् ।

आफू नेपाल फर्किन लागेको भन्दै लिएको किताब निरोजलाई फर्काएकी थिइन् । पढाई सकेर नेपाल फर्किन पाउँदा आश्ना निकै खुशी थिइन् निरोजले भने परिवारसँग भेट्ने उनको चाहना थियो ।

नेपाल फर्किन केही दिनअघि एन्जिलालाई निरोजले कलेजको लाइब्रेरीमा भेटेका थिए । एमबीबीएसको अन्तिम परीक्षा सकेर एन्जिला नेपाल फर्कने तयारी गर्दै थिए ।

फाइनल प्रोफेसनल जाँचको अन्तिम दिन मेडिसिनको भाइबा थियो । त्यसैले उनी विरामी हेर्न भन्दै हतारिदै वार्डमा जाँदै थिइन् । वार्डबाट फर्केपछि मात्रै तिमीसँग कुरा गर्छु भन्दै एन्जिला विरामी हेर्न गएकी थिइन् निरोजले भने ।  

के थाहा निरोजलाई पछि भेट्ने एन्जिलाको वाचा कहिले पूरा नहुने हुन्छ भनेर । निरोजलाई अहिलेसम्म विश्वास लागेको छैन् ।

हिजोअस्ति मात्रै सँगै भेटेका साथीहरु दुर्घटनामा बितेको खबर उनलाई पत्याउनै गाह्रो भइरहेको छ । हिजोअस्ति मात्रै कलेजमा देखेका साथीहरु एक्कासी दुर्घटना परेको भनेर मलाई विश्वासै लागेको छैन् उनले भने ।

नेपालबाट साथीहरुको खबर बुझ्न निरोज हरेक क्षण मोबाइल र समाचार खोलेर हेरिरहन्छन् । एमबीबीएस सकेर जीवनमा केही गर्छु भन्ने आशा लिएका साथीहरु दुर्घटनामा परेको खबरले निरोज स्तब्ध भएका छन् ।

सन्जय महर्जन,सन्जय पौडेल, निगा महर्जन,आश्ना शाक्य,एन्जिला श्रेष्ठ लगायतका साथीहरु दुर्घटना वितेको खबरले निरोज भावुक बनेका छन् ।  

(निरोज डंगोल हाल सिलोटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा एमबीबीएस सकेर इन्टर्न गर्दै छन् ।)

Last modified on 2018-03-27 04:11:48

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts