को हुन डा.गोविन्द शर्मा ?



Download our app to get more features

काठमाडौं, १ चैत्र । वि.सं.२००३ सालमा जन्मिएका डा. गोविन्द शर्माको जन्मथलो रामेछापको मन्थली हो । उक्त समयमा शिक्षाको अवसर थिएन । परिवारका सदस्यले उनलाई घरमै क, ख सिकाएका थिए ।

शर्मा परिवार बर्दियामा बँसाई सरेपछि मात्रै उनले औपचारिक शिक्षाको अवसर गरे । २०१३ सालमा शर्मा पढाईका लागि भारत गए त्या बेला शर्मा मात्र दश वर्षका थिए । उनले भारतको उत्तर प्रदेशस्थित वहराइचमा अध्ययन गरेका हुन ।

औपचारिक शिक्षाको त्यो यात्राका शुरुका दिनहरू उनका लागि निकै कठिनाईपूर्ण बने । भारतमा उनी ठूलोबुबाका छोराहरूसँग बस्थे । खाना बनाउँने, लुगा धुने, भाँडा माझ्ने आफै गर्नुपर्दथ्यो । भारतबाट १२ कक्षा पास गरेपछि वि.स.२०२० सालमा सरकारी छात्रवृतिमा रूसमा एमबीबीएस पढ्ने अवसर शर्मालाई मिल्यो । 

रूसको लेलिनग्राथ कलेजमा उनले ७ वर्ष एमबीबीएस पढेर शर्मा नेपाल फर्किए । नेपाल आएर उनले केहीसमय वीर अस्पतालमा काम गरे । अस्पतालमा ६ महिना शल्यक्रिया विभागमा र ६ महिना स्त्रीरोग विभागमा काम गरे । करिब एक वर्षको काम पश्चात्त उनी पुनः एमडिएमएस/पिएचडी गर्न पुन रूस गए । 

वि.स.२०३३ सालमा पढाई सकेर उनी नेपाल फर्किदा नेपालमा औंलामा गन्न सकिने  सर्जन थिए । नेपालमा चिकित्साशास्त्रको नाममा सीएमए, एचएच तहका मात्रै पढाई हुने गर्दथे । एमबीबीएसको पढाई त्रिवी अन्र्तगत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा सुरू हुदैँ थियो । वीर अस्पतालमा हुँदाखादाँको सरकारी जागिर छोडेर उनी संस्थानमा आबद्ध भए ।  


उनले २९ वर्ष आइओएममा सेवा गरे । उनी २०५३ देखि २०५६ सम्म शिक्षण अस्पतालका कार्यकारी निर्देशक, २०५९ सालमा त्रिविको उपकूलपति समेत भए । सन १९८१ मा उनी एक वर्षे अध्ययनका लागि शर्मा जापान गए । जापानमा मुटु र फोक्सोको सर्जरी सम्बन्धी तालिम लिए । पछि एकवर्ष अमेरिकास्थित बोस्टन यूनिभरसिटीमा कार्डियोथोरासिस विषयकै तालिम लिए । यो दुवै अवसर अध्ययन संस्थानले जुटाइदिएको परिवारका सदस्य बताउँछन् । 

लामो सयमदेखि कलेजो रोगबाट पीडित डा शर्माको ७१ वर्षको उमेरमा रुसमा गएराती निधन भएको छ । 

Last modified on 2018-03-16 07:39:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts