१ मिनेटमा १० पटकभन्दा बढि आँखा झिम्किनु खतरनाक !



Download our app to get more features

एजेन्सी,२ चैत्र । विशेषज्ञका अनुसार सामान्यतया एक जना मानिसको १ मिनेटमा १० पटकसम्म आँखा आफैं झिम्किने गर्दछ ।

यदि १० पटकभन्दा बढि तपाईको आँखा झिम्किन्छ भने त्यसलाई सामान्य रुपमा लिनुहुदैन् । यो ब्लेफरोस्पाज्म नामक रोगको लक्षण हुन सक्दछ । यो रोगको लक्षणमा आँखा झिम्किरहँदा पीडा हुने गर्दछ । यो लामोसमयसम्म रहिरहेमा आँखाको ज्योती गुम्न सक्ने खतरा पनि हुने गर्दछ ।  भारतको लखनऊस्थित केजीएमयूका नेत्रविशेषज्ञ डा. अरुण कुमार शर्माका अनुसार ब्लेफरोस्पाज्म यस्तो रोग हो जसले आँखाको परेला माथि उठाउनमा कठिनाई हुने गर्दछ । 

विस्तारै आँखा सामान्य भन्दा सानो हुँदै जाने गर्दछ भने यसको पीडा र तनावले टाउको दुखाइको समस्या पनि ल्याइदिने गर्दछ । यो रोगले एक वा दुईटै आँखा प्रभावित गरिदिन सक्छ । कसै कसैलाई त यो रोगले समातेपछि अनुहारको बनावटमा पनि परिर्वतन ल्याइदिन सक्छ । शुरु शुरुमा व्यक्तिको दृष्ट्रिमा खासै असर नगेपनि लामो समयपछि मस्तिष्क, नशा, मांशपेशी तथा आँखामा गम्भिर समस्या आउने गर्दछ

कारण
जन्मजात–शिशुको मांशपेशीको विकासमा समस्या आएमा माथिल्लो परेलामा ब्लेफरोस्पाज्म हुने गर्दछ । यदि आँखा झिम्काउँदा बच्चालाई देख्नमा समस्या रहेको छ भने तुरुन्त चिकित्सकलाई भेटि जतिसक्दो चाँडो शल्यक्रिया गराइहाल्नुपर्दछ नत्र भवियष्मा आँखाको ज्योती पूर्णरुपमा गुम्ने खतरा रहन्छ । 
बुढेसकालमा–उमेर बढेसँगै ब्लेफरोस्पाज्म हुनु सामान्य मानिन्छ । उमेर बढ्दै जाँदा लीवेटर टीशुको परेला उठाउने काममा हुने सक्रियता घट्दै जाने गर्दछ । बुढेसकालमा सामान्यतया दुवै आँखामा यस्तो समस्या देखा पर्नु सामान्य मानिन्छ । 

व्यायामले रोक्न सक्दछ
यस रोगबाट प्रभावितहरुका लागि औषधि सेवन भन्दा पनि आँखाको कसरत बढि प्रभावकारी हुुने गर्दछ ।यसका लागि आँखा विशेषज्ञको सल्लाहमा आँखको कसरत गर्नुपर्दछ । 
(नवभारत टाइम्सबाट)
 

Last modified on 2018-03-16 14:51:14

1 Comments

  1. Please Read about Normal Blinking Rate Before posting this type of information. Thank You www.eyehealthnepal.com (Nepal's First Eye Health Blog"


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts