चितवनमा २० वर्ष पूराना  ५ वटा सवारी नियन्त्रणमा



Download our app to get more features

चितवन, २ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजो १ दिन मै २० वर्ष पूराना ५ वटा  सवारी साधन नियन्त्रणमा लिएको छ । 

यातायात व्यवस्था विभागको निर्देशनुसार पूराना  सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । नियन्त्रणमा लिइएका सवारी साधन मध्ये एउटा बस  चारवटा ट्रक रहेको छ । 
सरकारले वातावरण प्रदुषण बढेको भन्दै चैत्र १ गतेदेखि २० वर्ष पूराना सवारीसाधनहरु नियन्त्रणमा लिन शुरु गरेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts