सर्दी/खोकी लागेको बेला सेक्स गर्नु कतिको सुरक्षीत ?



Download our app to get more features

बदलिँदो मौसममा प्रायःजसो मानिसहरु सर्दी/रुघाखोकी र फ्लूबाट ग्रसित हुने गर्छन् । पब्लिक ट्रान्सपोर्टबाट होस वा अफिसमा सहकर्मीसँग, सर्दी/खोकी र फ्लूको भाइरसले कुनैपनि माध्यमबाट तपाईंलाई संक्रमित गर्न सक्छ । तर, के तपाईंले कहिल्यै सोच्नु भएको छ, यदि तपाईं वा तपाईंको पार्टनरलाई रुघाखोकी/सर्दी अथवा फ्लू भएको छ र तपाईंलाई सेक्स गर्ने मन छ भने के गर्ने ? रुघाखोकी/सर्दी लागेको बेला सेक्स गर्नु सुरक्षीत छ या छैन? 

जानौँ केही तथ्यका बारेमा

के इन्फेक्शन फैलिन सक्छ ? 
सेक्स गर्ने समय सर्दी/खोकीको इन्फेक्शन फैलिन्छ वा फैलिँदै भन्ने जान्नका लागि पहिला यो जान्नु जरुरी छ की फ्लूको भाइरस कसरी फैलिन्छ ? फ्लूको भाइरस श्वासको माध्यमले फैलिन्छ । श्वास लिने क्रममा, हाछ्यूँ गर्दा, खोकी गर्दा, चुम्बन गर्दा र हात मिलाउँदा पनि फ्लूको भाइरस एक अर्कामा सर्न सक्छ वा फैलिन सक्छ । 

भाइरस फैलिन कति समय ?
फ्लोरिडाको यूरोलजिस्ट र सेक्शुअल हेल्थ एक्सपर्ट डा. ब्रह्म भट्टका अनुसार, श्वास सम्बन्धि कुरा जसमा फ्लूको भाइरस हुन्छ त्यो काउन्टरमाथि २४ घन्टा, हातमा १५ देखि ३० मिनट  र बेडसिटमा १ देखि २ घन्टा सम्म जीवित रहन्छ ।

सेक्स गर्ने कि नगर्ने ?
बोस्टन यूनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार यो एक सामान्य नियम हो कि यदि कसैलाई पनि सर्दी/रुघाखोकी र फ्लू छ भने सामान्य व्यक्तिलाई त्यो व्यक्तिसँग ६ फिट टाँढै बस्नु पर्छ । अर्थात् यदि कसैलाई रुघाखोकी वा सर्दी लागेको छ भने तपाईं उसँग सेक्स गर्न जाँदै हुुनुहुन्छ भने तपाईंलाई एकदमै नजिक जानुपर्छ । यस अवस्थामा तपाईंलाई इन्फेक्शन हुनसक्छ र तपाईंलाई फ्लू पनि लाग्न सक्छ । त्यसैले रुघाखोकी लागेको वा फ्लु भएको बेला पार्टनर सँग सेक्स नगर्नु नै राम्रो हुन्छ । 

इन्फेक्शन हुने सम्भावना 
सेक्सको समय तपाईंको पार्टनरले खोकि गर्ने वा हाछ्यूँ गर्छ भने तपाईंलाई संक्रमण हुने सम्भावना निकै बढेर जान्छ ।  त्यसैले रुघाखोकीबाट पार्टनर ग्रसित छ भने सकेसम्म निको हुनका लागि तपाईंले कुर्नु नै राम्रो हुन्छ । अन्यथा तपाईंलाई पनि फ्लू हुन सक्छ । 

जटिलता के मा ?
फ्लूबाट पीडित व्यक्ति फ्लूको लक्षण देखिएको एक हप्ता पहिले र एक हप्तापछि सम्म संक्रामक रहन्छन् । यस अवस्थमा यदि तपाईंको पार्टनर स्वस्थ देखिदैँछ भने पनि तपाईंलाई इन्फेक्सन हुन सक्छ । फ्लूको लक्षण देखिनुभन्दा पहिलेको समस्याका लागि तपाईं केही गर्न सक्नु हुन्न तर फ्लू भएको एक हप्तापछि सम्म तपाईंको पार्टनरसँग सेक्स गर्नबाट टाँढै बस्नु पर्छ । 

ओरल सेक्स हुन सक्छ उपाय
यदि तपाईं वा तपाईंको पार्टनर फ्लूबाट पीडित छ भने सेक्सको समय इन्टिमेट हुनका लागि सबैभन्दा राम्रो तरिका ओरल सेक्स हुन सक्छ । किनकी ओरल सेक्सका बेला मुख र  मुखबीच कुनै सम्पर्क हुँदैन र सेक्स ओर्गन्सका माध्यमले फ्लूको भाइरस फैलन पाउँदैन ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-03-18 08:39:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts