दालसिङ्गेमा निदान हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

Download our app to get more features
काठमाडौ,४ चैत । निदान हस्पिटलले काभ्रेको दालसिङ्गेमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा नाक, कान, घाँटी, दन्त सेवा र सामान्य स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।

शिविरमा एक सय ४० जना हाडजोर्नीका बिरामी, एक सय भन्दा बढी नाक, कान, घाँटीका बिरामीलाई सेवा दिएको अस्पतालले जनाएको छ । हाडर्जोनीका बिरामी मध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले निदान अस्पतालले नै निःशुल्क उपचार गरिदिने हाडर्जोनी विशेषज्ञ डा. अनिमेश जोशीले बताए ।

रोटरी क्लब अफ कायरा सन राइज र इ क्लब अफ डिस्ट्रिक ३२९२ नेपालको सहयोगमा शिविर सञ्चालन भएको थियो ।

Last modified on 2018-03-18 16:47:16




















Thank you Nidan Hospital