लागुऔषध प्रयोगकर्तामा हेपटाईटिस ‘सी’ व्यापक 



Download our app to get more features

काठमाडौं, ५ चैत्र । सूईद्धारा लागुऔषध प्रयोग गर्ने व्यक्तिहरुमा हेपटाईटिस ‘सी’ को व्यापकता पाइएको छ । अध्ययनका अनुसार लागुऔषध प्रयोगकर्तामा हेपटाईटिस ‘सी’ व्यापक मात्रामा रहेको पाइएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा ३ सय ४० जना र पोखरामा ३ सय ४५ जना लागुऔषध प्रयोग कर्ताबाट ननमूना परीक्षण गर्दा व्यापक मात्रामा हेपटाईटिस ‘सी’ रहेको पाइएको हो । हेपटाईटिस ‘सी’ एक किसीमको जीवाणु हो ।

शरीरभित्र यसको किटाणु छिरिसकेपछि कलेजोलाई हानी गर्छ अधिकारीहरुले भनेका छन । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका पूर्व निर्देशक डा. तरुण पौडेलले उपत्यकामा १८ दशमलब ९ प्रतिशत र पोखरामा २१ दशमलब १ प्रतिशत लागुऔषधप्रयोग कर्तामा हेपटाईटिस ‘सी’ को किटाणु पाइएको बताए । यो धेरै हो पौडेलले भने, ‘तथ्याङ्क बाट आएको संख्यालाई हेर्दा अझै धेरै मानिस हेपटाईटिस ‘सी’ को शिकार भइरहेका छन् ।’ सरकारले १६ बर्ष उमेर पुगेका र तीन महिना लागुऔषधको सुई प्रयोग गरेकाहरुको नमूना परीक्षण  गरि रिपोर्ट तयार पारेको हो । 

यस्तो छ सर्वेक्षणको अवस्था
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सूईद्धारा लागुऔषधप्रयोग गर्ने व्यक्ति, पुरुष समलिङ्गी र तेस्रोलिङ्गीका बीचमा सर्वेक्षण गरेको  थियो । सर्वेक्षणका क्रममा एचआईभी संक्रमण सूईद्धारा लागुऔषधप्रयोग  कर्ता, पुरुष समलिङ्गगी र तेस्रोलिङ्गी दुवै जोखिममा देखिएका छन् । पौडेलले सर्वेक्षणको मुख्य उद्देश्य भनेको एचआईभीको उच्च जोखिममा रहेका समुदायमा एचआईभी, यौनरोग, हेपटाईटिस बी र सी को अवस्था र त्यसको जोखिम पत्ता लगाउनु भएको बताए । 

यस्तो छ अवस्था :

के हो हेपाटाईटिस ‘सी’ 
हेपटाईटिस ‘सी’ एक किसीमको जीवाणु हो । यसको किटाणु शरीरभित्र छिरे पछि कलेजोलाई हानि गर्छ । हेपटाइटिस ‘सी’ रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । अप्राकृतिक यौनसम्र्पक गर्नाले सर्ने सम्भावना बढि हुन्छ । विभिन्न तथ्याङ्क अनुसार हेपटाइटिस ‘सी’ भएका व्यक्तिहरूमध्ये ९० प्रतिशतलाई सुईबाट प्रयोग गर्ने लागू पदार्थको दुव्र्यसनबाट भएको पाइन्छ ।

संक्रमित रगतको प्रयोग, संक्रमित औजारको प्रयोग गरी गरिने शल्यक्रियाले पनि हेपटाइटिस ‘सी’ सर्ने हुन्छ । पेटको बायाँ माथिल्लो भागमा भारी हुने र चाँडो थकाइ लाग्नेबाहेक अरू लक्षण देखा नपर्ने भएकाले यो रोगको निदान समयमै गर्न गाह्रो हुन्छ । हेपटाइटिस ‘सी’ उपचार समयमा नगरेको खण्डमा कलेजो बिग्रँदै जाँने, खुट्टा र पेट सुन्निने, जन्डिस हुने, शरीरका मांसपेशीहरू घट्दै जाने, रगत बान्ता हुने गर्दछ ।   

Last modified on 2018-03-20 17:00:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts