“अनार” एक यस्तो फल जसले राख्छ रोगबाट टाढा



Download our app to get more features

हामी स्वस्थ रहन विभिन्न किसिमका फलफूल खाने गर्छौ । शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक पनि मानिन्छ ।

तर, अनार एक यस्तो फल को जसको सेवनले हामीलाई धेरै नै फाइदा पुर्याउँछ । अनारको जुस र दाना पनि मात्र खानले हामी स्वस्थ रहन सक्छौँ ।  अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ । जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई घटाउन मद्दत गर्दछ । तपाईँ आफ्नो तौललाई लिए चिन्तित हुनु हुन्छ भने अनारको जुस आजैबाट पिउन सुरु गर्नुस् ।


अनारको जुसले के कस्ता फाइदा पुग्छ त ? जानी राखौं अनार सेवन गर्नुका यी फाइदाहरुका बारेमा :

१. नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ । 

२. अनारको सेवनले स्तन क्यान्सर र कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ । 

३. अनारको सेवनले हृदयघातबाट पनि बचाउँछ । 

४. अनारले रगतमा आइरनको कमि हुन दिदैंन् । ।

जसले गर्दा एनीमिया (रक्त अल्पत्ता) जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ । 

५. अनारको सेवनले प्रोस्टेट क्यान्सरको सम्भावना पनि निकै कम हुँदै जान्छ । 

६. गर्मी मौसममा अनारलाई पनि आफ्नो खानेकुरामा प्रयोग गर्नु राम्रो हुन्छ । यसले पाचन सम्बन्धी समस्याबाट सँधैका लागि छुट्कारा पाउन सकिन्छ । 

७. अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ । अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ । 

८. नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ । 

९. गर्भवती महिलाहरुका लािग अनारको जुस रामवाण नै मानिन्छ । गर्भवती महिलाहरुले अनारको जुस खाँदा उसको बच्चालाई पनि स्वस्थ बनाउँछ । 

१०. बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ । 

लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ । 

(एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-03-22 16:39:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts