विश्व पानी दिवस

पानी पिउनुको यस्ता छन् फाइदा



Download our app to get more features

काठमाडौं,८ चैत्र । आज मार्च २२ तारिख अर्थात विश्व पानी दिवस । यो दिवस  विभिन्न कार्यक्रम गरी मनाइदैँछ ।

सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले प्रत्येक मार्च २२ का दिन विश्व पानी दिवस मनाउने घोषणा गरे अनुसार पानी दिवस मनाउन थालिएको हो । पानी मानव शरीरका लागि अत्यावश्यक तत्व हो ।

पानी बिना मानव मात्रै होइन कुनैपनि प्राणी बाच्न सक्दैन । पानीले गर्दा हामी स्वस्थ रहन सक्छौँ । जुन सुकै रोग लागेपनि चिकित्सकले सबैभन्दा पहिले दिने सल्लाह भने कै पानी प्रशस्त पिउनु हो । विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै बीचमा भने पानी नपिउनु नै राम्रो हो । पानीको महत्व कतिको छ भन्ने कुरा हामी सबैले बुझेका छौँ । 

पानी पिउँनुको यस्ता छन् फाइदा :

पर्याप्त पानी पिउनुस :

दैनिकरुपमा पर्याप्त पानी पिउनुस् ।पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ । तर, पर्याप्त मात्रामा पानी पिउनु पर्छ भन्दैमा शरीरलाई चाहिने जति मात्रै पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

जवान हुन्छ छाला :

पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र वंशजका आधारमा पनि निर्धारण हुन्छ । 

तौल घटाउन पानी :

पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोसो, क्यालोरी वा कोलेस्ट्रोल जम्न दिँदैन । पानीले प्राकृतिक रुपमा भोक मार्ने काम पनि गर्छ ।

विकारबाट मुक्ति :  

विभिन्न प्रकारका बिकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।

विभिन्न रुपमा पानी :  

पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नरिवल पानी या सर्वत । पानी पिउनु पर्छ भन्दैमा कोक फेन्टा नपिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । 

कब्जीयतमा राहत :
नियमित रुपमा पानी पिउनाले ग्यास्ट्रीकको समस्या हुँदैन । साथै कब्जीयतको समस्या छ भने त्यसबाट पनि छुट्कारा दिलाउँछ ।

टाउको दुखाईमा राहत :

यदि तपाईँलाई टाउको दुखेको छ र तपाईँ कामको तनावले गर्दा निराश हुनुहुन्छ भने सबैभन्दा सजिलो उपाय हो पानी पिउनु । पानी पिउनाले तपाईँको मुड ताजा बनाउँछ र दुखेको टाउको पनि निको भएर जान्छ । यो अध्ययन यूरोपको जर्नल अफ न्यूरोजिमा गरिएको हो ।

खाना खाँदै गर्दा पानी नपिउनुस : 

खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । खाना खानेबेलामा पानी पिउनाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जसले गर्दा हाम्रो पाचन प्रक्रिया प्रभावित हुन जान्छ । त्यति मात्र होइन यसले हाम्रो शरीरमा ब्लड सुगरको मात्रालाई पनि बढाउने सम्भावना बढी हुन्छ ।

 साथै, खाने बेलामा पानी पिउनाले खानाको पाचन क्रिया सुस्त हुन जान्छ । खाना पेटमा नपचेर धेरै समयसम्म रहिरहने हुँदा एसिडिटी हुन थाल्छ । जसले गर्दा पेट, छाती र घाँटीमा जलन पनि हुने गर्छ ।

 

Last modified on 2018-03-22 11:23:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts