विश्व पानी दिवस

थाहै नपाई पानी नष्ट गरिरहनु भएको त छैन ? जानी राखौं



Download our app to get more features

मानिसले खासै ध्यान नदिने तर दैनिक रूपमा धेरै पानी खर्च हुने यी स्थानहरू हुन् । 
डिस वासर : यदि डिस वासर (भाडा माँज्ने) नभरिइ चलाइएको छ भने त्यस्तो अवस्थामा पानीको खर्च धेरै हुन्छ । यसरकाण डिस वासरमा भाडाहरूले भरिएपछि मात्रै सञ्चालन गर्न विज्ञहरूले सुझाब दिएका छन् ।  

दाँत माँझ्दा : पानीको खर्च धेरै हुने अर्को काम भनेको दाँत माँझ्दा हो । धेरै मानिसहरूले धारा खुलै राखेर दाँत माझ्ने हुँदा पानीको नाश हुने अध्ययनहरूले जनाएका छन् । दाँत माझ्दा भाँडामा पानी थापेर प्रयोग गर्न विज्ञहरूको सुझाब छ ।  

दारी काट्दा  : दारी काट्दा जति पानी प्रयोग गर्दै आएका छन् वास्तममा त्यति खर्च गर्नु पर्दैन । दारी काट्दा निकै कम पानी लाग्ने भए पनि पुरूषहरूले ब्लेड धुनै पनि धेरै पानी खर्चने गरेका छन् । तर, ब्लेड धुनु भन्दा पुछ्नु राम्रो हुने अध्ययनहरूले देखाएको छ ।

शौचालयमा फ्लस गर्दा : धेरैजसोको बानी हरेक पटक शौचालय प्रयोग गर्नासाथै फ्लस गर्ने हुन्छ । तर, यो एकदमै गलत कार्य हो । हरेक पटक फ्लस गर्दा १० ग्यालेन पानी खर्च हुनेगर्छ । यसकारण विज्ञहरूले अति आवश्यक नपरेसम्म फ्लस नगर्न सुझाएका छन । 

कार धुँदा : हुनत शहरमा बस्ने मानिसहरूका लागि बगँैचा भेटउन मुस्किल छ । तर सकेसम्म कार धुँदा बँगैचामा धुन विज्ञहरूको सुझाब छन् । यदि यस्तो भयो भने बँगैचामा पानी सिंचाइ पनि हुन्छ तपाईंको कार पनि चम्किन्छ । यस्तो कार्यले वातावरण संरक्षणमा तपार्इंको योगदान पनि हुन्छ । 

शौचालयको चुवाहट : पानीको सबै भन्दा धेरै नाश हुने अर्को स्थान शौचालयको चुवाहट हो । धेरै मासिनले यो कुरा थाहा पाउँदैनन् । तर, शौचालयको विभिन्न स्थानबाट पानी खेर गइरहेको हुन्छ । यसकारण पानी जोगाउनका लागि शौचालयमा चुवाहट त भइरहेको छैन भनेर नियमित ख्याल गर्नुपर्छ । 

शौचालय सफा गर्दा : पानी धेरै नाश हुने अर्को कार्य भनेको शौचालयको सफाइ हो । शौचालयमा हुने कपाल,  फोहोरका टुक्रा सफा गर्दा धेरै पानी खर्च हुने गर्छ । यसकारण यस्ता फोहोर हातले नै टेपेर फाल्न विज्ञहरूको सुझाब छ । 

तातो पानी प्रयोग गरी नुहाउँदा : पानी तात्न इनर्जीका साथसाथै पानीको समेत नाश हुन्छ । यसकारण आवश्यक अवस्था बाहेक तातो पानीको प्रयोग नगरेर पानी जोगाउँ सकिन्छ । 

नुहाउँदा कम समय : नुहाउँनु आफैमा राम्रो काम हो तर नुहाउँदा जति धेरै समय लगाउनु हुन्छ त्यति नै धेरै पानी नष्ट हुने गर्छ । साथै नुहाउँदा पनि सावर लिन विज्ञहरूको सल्लाह छ । धाराबाट सिधै पानी प्रयोग गर्दा पानी खर्च धेरै हुने उनीहरूको सल्लाह छ । 


एजेन्सीको सहयोगमा 

Last modified on 2018-03-23 07:24:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts