‘म पनि गर्भावस्थाको मधुमेहबाट पीडित थिएँ’



Download our app to get more features

नेपालसहित विकासोन्मुख देशमा मधुमेह प्रकोपको रुपमा फैलिरहेको छ । विषेशगरी तन्नेरीहरूमा यो रोग तिव्र गतिमा फैलिँदै गएको देखिन्छ । विभिन्न अध्ययनले प्रजनन् शक्ति भएका हरेक पाँच महिला मध्ये दुईमा मधुमेह हुने देखाएको छ । 

मधुमेह रोगीले गर्भाधारण गर्दा मधुमेहको सम्भावना निकै बढ्छ । यस्तो अवस्थामा राम्रोसँग उपचार नगरे शिशुको भविष्यमा पनि नकारात्मक असर पार्छ । म आफैं पनि गर्भवती अवस्थामा मधुमेहबाट पीडित थिए । तर, म आफैँ डाक्टर भएको हुँदा खासै गाह्रो भएन । राम्रो खानपान र नियमित उपचारका कारण मेरो मधुमेह ठिक भयो । 

त्यसैले संसारभरका मान्छे यस विषयमा (निजी क्षेत्र, पब्लिक सेक्टर, एनजीओ, सरकारी) जागरुक होउन भनेर वकालत र अभियान चलाउनयो नारा राखिएको हो । यो नाराबाट जागरुक भएर महिलामा हुने मधुमेह नियन्त्रण गर्न सकेको खण्डमा महिलालाई मात्र होईन भविष्यमा आउने नयाँ पिंढीलाई यो रोगबाट जोगाउन सकिन्छ । 

अर्को कुरा घर गृहस्थी सम्हाल्ने महिलाले औषधि खान बिर्सने, व्यायाम गर्ने समय नहुने हुँदा रोग जटिल अवस्था पुगेपछि मात्रै उपचार गराउने अवस्था छ । नेपालका महिलाको अवस्था झनै दयनिय छ । त्यसैले घरका सबै सदस्यले यो रोग पारिवारिक रोग हो भन्ने बुझेर ख्याल पु¥याउनु पर्छ । सँगै बसेर व्यायाम गर्ने, समयमा उपचार गराउने र समयमा औषधि खान दिनुपर्छ । यसो गर्नाले यो रोगलाई जटिल अवस्थामा जानबाट रोक्न सकिन्छ ।

नेपालको परिवेशमा महिला र पुरुष मध्ये पुरुषमा मधुमेह बढी देखिएपनि महिलामा पनि यो रोग तिव्र रुपमा बढिरहेको छ । नेपालका सबै क्षेमा स्वास्थ्य सेवाको पहुँचछैन् भने महिलाले सहजै स्वास्थ्य सेवा मुस्किलले पाउँछन । सरकारले बिस्तारैस्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम ल्याइरहेको छ । तर, यस्ता कार्यक्रम पर्याप्त छैनन् । जटिल वा उपचारमा धेरै खर्च लाग्ने रोगप्रति सरकारले विषेश ध्यान दिनुपर्ने छ । मिर्गौला, मुटु प्रत्यारोपण गर्नुपर्ने अवस्थामा आमजनताको मुस्किलले पहुँच हुन्छ । जसले गर्दा आमजनताले पाउनु पर्ने सुविधा नपाउँदा तन्नेरी र विषेशगरी महिला बढी पीडित बनिरहेका छन् ।

सुध्रिदैछन् स्वास्थ्य संस्था
निजी अस्पतालमा मधुमेह उपचारको सुविधा भएपनि सबै सरकारी अस्पतालमा सहज छैन । तर, केही वर्षयता धेरै सुधार भएका छन् । सरकारी अस्पतालमा महिला रोग सम्बन्धी चिकित्सक (गाइनोक्लोजिष्ट)को संख्या बढाइएको छ जसले गर्दा मातृशिशु मृत्युदर निकै कम भएको छ । तर, यो सुविधा पनि सबै ठाउँमा उपलब्ध छैन । गाईनो भन्दा पनि मुख्य मुख्य शहरमा डाइबिटिज केयर सेन्टरको आवश्यकता देखिन थालको छ । महिला रोग सम्बन्धी डाक्टरले गर्भावस्थामा मधुमेह भएकालाई डाइबिटिज केयरका लागि प्राइभेट अस्पताल वा सरकारी अस्पतालमै पठाउने गर्नुहुन्छ । जहाँ भिडभाड हुन्छ अनि त्यस अवस्थामा राम्रो केयर हुँदैन । 

गर्भावस्थामा हुने मधुमेहको केयर गरेन भने बच्चा अंगभंग भइ जन्मन सक्छ । जसले अभिभावकलाई जीवनभर आर्थिक भार पर्ने हुन्छ । गर्भवती अवस्थामा चिकित्सकले पनि मधुमेह भए÷नभएको निकै ख्याल गर्नुपर्छ । गर्भावस्थामा हुने मधुमेह ३० देखि ४० प्रतिशतसम्म फर्कन सक्ने हुन्छ । किनकी गर्भावस्थामा खानपानमा ध्यान नदिँदा, पेटकोे गोलाइ बढ्ने हुन्छ ।

मधुमेहलाई सामान्य रुपमा लिनाले यसको नतिजा नराम्रो हुँदै गएको छ । किनकी उपचारका लागि मानिसले नियमित जाँच गराउने, औषधि सेवन गर्ने गर्नुपर्छ । सरकारले पनि नीतिगत रुपमै मधुमेह रोकथामका लागि कार्यक्रमहरू ल्याउन अवश्यक छ । मधुमेहको सिधा सम्बन्ध मिर्गौला, मुटुसँग हुन्छ । जसले गर्दा मिर्गौला र मुटु रोग समेत लाग्न सक्छ । 

सरकारले लिएको नसर्ने रोग सम्बन्धी रणनीतिमा मधुमेह पनि छ  । यो सराहनीय कार्य हो । तर, नेपालमा मधुमेह रोेकथाम गर्न स्क्रिनिंग जाँचको समेत सहज पहुँच छैन ।मधुमेहको उपचार जिल्लास्तर सम्महुनु पर्यो, सबै अस्पतालमा परामर्श सेवा हुनु पर्यो, निःशुल्क औषधिको व्यवस्था भएपनि वास्तविक गरिबले पाउन सकेका छैनन् । सरकारी तवरमै यसलाई व्यवस्थित गर्न सरकार कमजोर छ । मधुमेहका लागि राम्रो केयर सेन्टर नहुँदा शहरका बिरामी पनि राम्रो उपचारबाट बञ्चित छन् । किनकी राम्रो उपचार नहुँदा उनीहरूमा हृदयघात हुने, मिर्गौला खराब हुने समस्या देखिन थालेकोे छ । मधुमेहलाईउपचार भन्दा पनि व्यवस्थापन गर्नमा बढी ध्यान दिनुपर्छ ।सुरुमै मधुमेहको उपचारमा ध्यान दिइयो भने एक हजारको औषधिले वर्षौ धान्न सक्छ । 

काठमाडौंका १९ प्रतिशतमा मधुमेह
काठमाडौंको परिवेशमा हेर्र्ने हो भने पनि यहाँका १९ प्रतिशतमा मधुमेहको समस्या छ जुनसंख्या ठूलो हो । नेपालको ग्रामीण भेगमा त ३० प्रतिशतमा मधुमेह रहेको अध्ययनहरूले देखाएका छन् । 

मधुमेहका रोगीले नियमित स्वास्थ्य जाँच गराउनु पर्छ, खानपानमा विशेष ध्यान दिनुपर्छ, डाक्टरको सल्लाहमा मात्रै औषधि सेवन गर्नुपर्छ, नियमित व्यायाम गर्नुपर्छ ।

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-03-23 10:04:51

1 Comments

  1. Thanks for an informative article. Keep it on


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts