विर्य कमी हुने पुरुषमा स्वास्थ्य जोखिम बढि



Download our app to get more features

एजेन्सी,९ चैत्र । पुरुषमा हुने विर्यको कमीले बाँझोपनको समस्या त ल्याउँछ नै यसले पुरुषलाई गम्भीर रोगको जोखिममा पनि धकेलिदिन सक्ने बताइएको छ । 

एक नयाँ अध्ययनले यसको खुलासा गरेको हो । पुरुषमा विर्यको कमी हुनु बाँझोपना तथा व्यक्ति स्वास्थ्यमा पनि खराबी भएको संकेत हो । यदि विर्यको उत्पादनमा कमी आएको छ भने बेलैमा चिकित्सकसँग सल्लाह गरिहाल्नपर्नेमा शोधकर्ताहरुको जोड छ ।  यसले थप स्वास्थ्य बिग्रिनबाट जोगाउँछ । इटालीको ब्रेशिया विश्वविद्यालयमा एशोसियट प्रोफेसर तथा अध्ययनका मुख्य लेखक अल्बर्टो फेरलिनका अनुसार विर्यको उत्पादनमा कमी भएका व्यक्तिमा मेटाबोलिकमा परिवर्तन, हृदय जोखिम तथा हड्डीसँग सम्बन्धित विभिन्न प्रकारका रोगहरुको जोखिम रहने गर्दछ । 

यतिमात्र नभएर विर्यमा कमी हुने पुरुषको आयू त्यति लामु नहुन सक्ने बताइएको छ । एण्डोक्राइन सोसाइटीको १०० औं वार्षिक बैठकमा प्रस्तुत  गरिने अध्ययनका लागि शोधकर्ताहरुले निःसन्तान दम्पत्तीका ५ हजार १७७ पुरुषलाई सहभागि गराएर यो अध्ययन गरेका थिए । 

उक्त शोधका क्रममा सहभागी पुरुषमध्ये आधा संख्याका पुरुषमा विर्यको संख्या कम भएका पाइएको थियो भने ती पुरुषमा बोसो, उच्च रक्तचाप, खराब कोलेस्ट्रोलको मात्रा बढि रहेको थियो । शोधकर्ताहरुका अनुसार यस्ता लक्षण देखिएका मानिसमा  हृदय रोग, स्ट्रोक तजा मधुमेहको संभावना अधिक रहने गर्दछ । 
शोधकर्ताहरुले विर्य कमी भएका पुरुषमा सामान्य मानिसको तुलनामा हाइपोगोनेडिज्म तथा टेस्टस्टेरोनको जोखिम १२ प्रतिशतले बढि हुने दाबी गरेका छन् । 
 

Last modified on 2018-03-25 07:44:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts