‘हाम्रो डक्टर’ तेश्रो वर्षमा प्रवेश, स्वास्थ्यमन्त्रीले नयाँ सेवा संस्करणको उद्घाटन गर्दै



Download our app to get more features

काठमाण्डौ, ९ चैत । हाम्रो डक्टर दोस्रो वर्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेको छ । अस्पताल तथा चिकित्सकको विवरण र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्लिकेशन र वेभसाइटका रुपमा हाम्रो डक्टर सन् २०१६ मा सुरु भएको थियो । तत्कालिन सूचना तथा सञ्चार मन्त्री शेरधन राईले हाम्रो डक्टरको उद्घाटन गरेका थिए । 

स्वास्थ्य केन्द्रित मल्टिमिडियाका रुपमा निरन्तर समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको हाम्रो डाक्टरले तेश्रो वर्ष प्रवेशसँगै आफ्नो समाचार संस्करणका अलावा अनलाईन स्वास्थ्य सेवा संस्करण पनि सुरु गरेको छ । जसको शुक्रवार(आज) स्वास्थ्य राज्यमन्त्री पद्माअर्यालले राजधानीमाआयोजितविशेष समारोहमा उद्घाटन गर्दैछिन् ।  

समाचार, सूचना तथा सहजीकरणको साथै हाम्रो डक्टरले नेपालमै पहिलो पटक हाम्रो डक्टर डटकम र मोबाइल एप मार्फत अनलाइन स्वास्थ्य सेवा सुरु गरेको हेल्दीलाइफ फाउण्डेशनका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए । हाम्रो डक्टरको प्रयोगबाट प्रयोगकर्ताहरुले अनलाईन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसँग सःशुल्क तथा निःशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै, अस्पतालका सेवा बूक गर्न सकिने, आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिने, सेवाबापत अनलाईनबाटै पैसा तिर्न सकिने लगायत विशेषताहरु मोबाइल एप र वेभसाईट हाम्रो डक्टर डटकममा थपेको गरिएको छ । 

वार्षिकोत्सवको अवसरमा हाम्रो डक्टरले आउँदो १५ दिन सम्म निःशुल्क चिकित्सकहरुसँग अनलाईन स्वास्थ्य सल्लाह लिन सकिने अफर समेत दिएको सिइओ भेटुवालले जानकारी दिए । ‘नयाँप्रविधिमार्फत हाम्रो डक्टरले सेवाग्राही र सेवाप्रदायक बीचको दूरी हटाउन मद्दत गर्ने हाम्रो विश्वास छ’ उनले भने ‘हाम्रो डक्टरको स्वास्थ्य सेवा लिनको लागि खल्ती अनलाइन पेमेन्ट मार्फत मोवाइल र बैंकबाट शुल्क तिर्न सक्छन् ।’ 

हाम्रो डक्टर पोर्टलमा अहिले करिब २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण सहित तीन सयभन्दा बढी अस्पतालको विवरण उपलब्ध छ ।  यो सँगै हाम्रो डक्टरको समाचार संस्करणहरु हाम्रो डक्टर न्यूज डटकमबाट प्रशारण आरम्भ भएको छ । मासिक पत्रिकाका साथै युट्युव च्यानलहरु यथावत नै छन् ।


 

Last modified on 2018-03-25 07:44:54

1 Comments

  1. Congratulations! Keep it on!!!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts