'हाम्रो डक्टर'को दोस्रो बार्षिकोत्सवका केही झलक [फोटोफिचर]



Download our app to get more features

काठमाडौं, १० चैत । स्वास्थ्य केन्द्रित मल्टिमिडियाका रुपमा निरन्तर समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको हाम्रो डाक्टरले तेश्रो वर्ष प्रवेशसँगै आफ्नो समाचार संस्करणका अलावा अनलाईन स्वास्थ्य सेवा संस्करण पनि सुरु गरेको छ । 

 स्वास्थ्य राज्यमन्त्री पद्माअर्यालले राजधानीमा आयोजित विशेष समारोहमा उद्घाटन गरेकी छिन् ।   समाचार, सूचना तथा सहजीकरणको साथै हाम्रो डक्टरले नेपालमै पहिलो पटक हाम्रो डक्टर डटकम र मोबाइल एप मार्फत अनलाइन स्वास्थ्य सेवा सुरु गरेको हेल्दीलाइफ फाउण्डेशनका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए ।

 हाम्रो डक्टरको प्रयोगबाट प्रयोगकर्ताहरुले अनलाईन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसँग सःशुल्क तथा निःशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै, अस्पतालका सेवा बूक गर्न सकिने, आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिने, सेवाबापत अनलाईनबाटै पैसा तिर्न सकिने लगायत विशेषताहरु मोबाइल एप र वेभसाईट हाम्रो डक्टर डटकममा थपेको गरिएको छ ।  

वार्षिकोत्सवको अवसरमा हाम्रो डक्टरले आउँदो १५ दिन सम्म निःशुल्क चिकित्सकहरुसँग अनलाईन स्वास्थ्य सल्लाह लिन सकिने अफर समेत दिएको सिइओ भेटुवालले जानकारी दिए । 

‘नयाँप्रविधिमार्फत हाम्रो डक्टरले सेवाग्राही र सेवाप्रदायक बीचको दूरी हटाउन मद्दत गर्ने हाम्रो विश्वास छ’ उनले भने ‘हाम्रो डक्टरको स्वास्थ्य सेवा लिनको लागि खल्ती अनलाइन पेमेन्ट मार्फत मोवाइल र बैंकबाट शुल्क तिर्न सक्छन् ।’  


हाम्रो डक्टर पोर्टलमा अहिले करिब २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण सहित तीन सयभन्दा बढी अस्पतालको विवरण उपलब्ध छ ।  यो सँगै हाम्रो डक्टरको समाचार संस्करणहरु हाम्रो डक्टर न्यूज डटकमबाट प्रशारण आरम्भ भएको छ । मासिक पत्रिकाका साथै युट्युव च्यानलहरु यथावत नै छन् ।  

 

Last modified on 2018-03-25 07:44:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts