मोटोपनले ग्रस्त मानिसका लागि खुशिको खबर !



Download our app to get more features

मानव शरीरमा ग्रासनली नजिकै एक तन्त्र हुन्छ जसले मानिसलाई भोक लागेको सन्देश मस्तिष्कलाई दिने गर्छ । वैज्ञानिहरुले उक्त तन्त्रलाई फ्रिज गरिदिने अर्थात् कुनै कृत्रिम साधनको मद्दतले मस्तिष्कमा भोक लाग्ने सन्देश दिनबाट रोक्ने हो भने मानिसलाई भोक नलाग्ने उपचार विधि पत्ता लगाएका छन् ।

सोसाइटी अफ इन्टरभेशनल रेडियोलोजीको एक अध्ययन अनुसार यदि मस्तिष्कलाई भोक लागेको सन्देश दिने तन्त्रलाई फ्रिज गरिदिने हो भने मानिसलाई भोक लाग्दैन । जसले मोटोपनले गस्त मानिसलाई फाइदा हुन सक्छ । अहिले सम्म यो उपचार विधिलाई सुरक्षित मानिएको छ । 

अध्ययनका लेखक डेविड प्रोलोगोका अनुसार, यदि यो पूर्ण रुपले सफल भयो भने यसले मोटोपनाले ग्रस्त मानिसलाई सहयोग मिल्न सक्छ । उनले भनेका छन्, ‘हामी मोटोपनले ग्रस्त मानिसको सहयोगका लागि धेरै दिनदेखि अध्ययन अनुसन्धान गरिरहेका छौं ।’

अध्ययनमा अन्य मानिसलाई पनि सहभागि गराइँदैछ । जसले गर्दा यो उपचार विधि उनीहरुमाथि प्रयोग गर्न सकियोस् । सो अध्ययन सोसाइटी अफ इन्टरभेशनल रेडियोलोजीद्वारा गरिएको हो, जुन सन् २०१८ को मार्च २१ म भएको वार्षिक छलफलमा प्रस्तुत गरिएको थियो । 

 

(एजेन्सी)

Last modified on 2018-03-27 07:06:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts