सात नम्बर प्रदेशका स्वास्थ्यकर्मीलाई 'ट्रमा' बारे तालिम 



Download our app to get more features


काठमाडौं, १२ चैत्र ।दुर्गममा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवामा थप मजबुत बनाउने उदेश्यले सात नम्बर प्रदेशमा दुई दिने ट्रमा तालिमको आयोजना गरिएको छ ।

दुर्गममा चिकित्सकहरुको अभाव हुने र जनताले अत्यावश्यक सेवा नपाउने अवस्थाको अन्त्य गर्न सेती अञ्चल अस्पताल धनगढीमा प्रदेशभरी कार्यरत हेल्थ असिस्टेन्ड हरुलाई तालिम दिइएको हो ।  एलाईन्स फाउण्डेशनको सहकार्यमा आयोजना भएको दुई दिने तालिममा ४० जना हेल्थ असिस्टेन्डलाई प्राथमिक वस्थामा दिईने ट्रमा सम्बन्धी उपचारको बारेमा तालिम दिइएको वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रमेश प्रसाद सिंहले बताए  ।

दुर्गममा विशेषज्ञ चिकित्सक पुग्दैनन सिंहले भने, ‘चोट लाग्नासाथ पहिलो प्राथमिकता भनेको हेल्थ असिस्टेन्ड नै हो । ट्रमाबारे उनिहरुलाई आवश्यक तालिम दिएको खण्डमा धेरै समस्या गाउँमै समाधान हुन्छ ।’ सामान्य घाउँ चोट पटक लागेको अवस्थामा समेत बिरामीहरु ठुला अस्पताल जानु पर्ने बाध्यतालाई चिर्न हामीले आइतबार र सोमबार प्रदेशभरी कार्यरत एचएलाई तालिम दिएका हौं सिंहले भने । डा. सिंहका अनुसार ट्रमा सम्बन्धी समस्या भए कस्तो प्राथमिक उपचार दिने भन्ने पूर्ण ज्ञान अब ७ नम्बर प्रदेशका एचएहरुमा भएको छ । 

Last modified on 2018-03-26 11:41:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts