दाँत मिलाउँदा तारले बाँध्नु नपर्ने



Download our app to get more features

काठमाडौं, १२ चैत्र । बांगोटिंगो दाँतलाई तारको माध्यमबाट बाँधेर मिलाउँनु पर्ने झन्झटीलो अवस्था हटेको छ । पाँच महिना अघि नेपालमा बाङ्गो टिङ्गो दाँत मिलाउने नयाँ प्रविधि भित्रिएपछि तारको समस्या हटेको हो ।

चिकित्सकका अनुसार सबै अस्पतालहरुले भने इलेक्ट्रोनिक दाँत लगाउन सुरु गरेका छैनन । नेपाल मेडिकल कलेजका दन्तरोग विशेषज्ञ प्राध्यापक डा. प्रकाश भट्टराईका अनुसार नेपालमा बांगाटिंगा दाँत बनाउने नयाँ प्रविधि आएको पाँच महिना भएको छ । नयाँ र भरपर्दो प्रविधि भएकाले यसबाट सेवा लिनेको संख्या बढ्न थालेको छ । उनका अनुसार नयाँ प्रविधिको प्रयोग गरेर दाँत बनाउनेहरू अधिकांश विदेशमा अध्ययन गर्न जाने छन् । नयाँ प्रविधि प्रयोग गरेर दाँत लगाउँदा अमेरिकामा १० लाख लाग्छ उनले भने नेपालमा एक लाख ५० हजार लाग्छ ।

७० प्रतिशतमा दाँतको समस्या
देशको कुल जनसंख्यामध्ये ७० प्रतिशत समस्या कुनै न कुनै रूपमा दाँतको रहेको चिकित्सकले बताएका छन् । दाँतमा देखिने समस्या र त्यसको सही निदान नभएकै कारण मुख गन्हाउनेदेखि क्यान्सरसम्म हुने गरेको दन्तरोग विशेषज्ञ डा. निरज पन्तले बताए ।

चिकित्सकले बांगाटिंगा दाँतलाई तारले बाँधेर मिलाउनेभन्दा बिना तार दाँत मिलाउन सुझाव दिए । यसो गरेको खण्डमा ८० प्रतिशतसम्म समस्या हल भएर जाने उनीहरूको तर्क छ ।

के हो नयाँ प्रविधि ?
चिकित्सकका अनुसार सुरुमा सम्बन्धित व्यक्तिको दाँतको नाप स्क्यान गरी कम्प्युटरमा समावेश गरिन्छ । त्यसपछि सफ्ट्वेरको माध्यमबाट मिलाइन्छ । नयाँ प्रविधिमा समयसमयमा आएर चिकित्सकलाई देखाउनुपर्ने, कस्नुपर्ने हुँदैन । चिकित्सकले दाँतमा लगाउने सेट दिएर पठाएको हुन्छ । त्यसको डेढ वर्ष प्रयोग गरेपछि बांगाटिंगा दाँत पूर्णरूपमा मिल्नेछन् ।

Last modified on 2018-03-27 07:05:54

1 Comments

  1. Implant one teeth ko kati parchh


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts