स्वयंसेविकालाई जस्तै मान्यता दिन 'पुरुष स्वयंसेवक'को माग



Download our app to get more features

ललितपुर, १३ चैत (रासस) : राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । 

महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताउनुभयो । तीन दशक पहिले विषमज्वर र हैजा फैलिए पनि महिला स्वास्थ्यकर्मी घर घरमा पुगेर जनचेतना फैलाउन सक्ने अवस्था थिएन । उनी भन्छन्  “अहिले पनि कतिपय स्वास्थ्य समस्यामा परामर्श हामीले गर्छौंँ ।” पुरुषका स्वास्थ्य समस्या समाधानमा पुरुष स्वास्थ्यकर्मी लाग्ने गरेका छन् । 

जिल्लामा १०० पुरुषसहित झण्डै ६०० स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये १३३ महिला स्वास्थ्य स्वयंसेविकाले मात्रै मान्यता पाएका छन् । जिल्लामा यति लामो समयसम्म काम गर्दा समेत जिल्लाले र सरकारले पुरुष पनि स्वयंसेवक हुन्छन् भनेर नमानेको उनी बताउँछन् । उनी भन्छन्  भन्छन् छ, “हामीलाई मान्यता दिए काम गर्न प्रोत्साहन हुने थियो ।” 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts