डिप्रेसन भए नभएको यसरी थाहा पाउनुहोस्

(भिडियोसहित)



Download our app to get more features

डिप्रेसनलाई दिग्दारी रोग पनि भनिन्छ । डिप्रेसनका बिरामी नेपालमा मात्रै नभएर विश्वमै दिन प्रतिदिन बढ्दै गइरहेको छ । के हो डिप्रेसन ? किन हुन्छ डिप्रेसन र बच्न के गर्ने ? मनोचिकित्सक डाक्टर सृजना महर्जन यसो भन्छिन् ः—
विभिन्न अध्ययन रिर्पोट अनुसार नेपालमा डिप्रेसनका बिरामी १० देखि १५ प्रतिशतसम्म छन् । डिप्रेसनले तुरुन्तै त्यस्तो नकारात्मक प्रभाव नपार्ने र मानिसको ज्यान लिइनहाल्ने भएकाले पनि धेरैले यस रोगलाई वास्ता गरेको पाइदैन् । तर, बेलैमा यसको सही उपचार भएन भने ज्यानै जाने सम्भावना पनि हुन्छ । 

डिप्रेसन हुने कारण 
डिप्रेसन एउटा मात्रै कारणले हुन्छ भन्ने छैन् । धेरै कारणले डिप्रेसन हुनसक्छ । अर्कोकुरा डिप्रेसन हँुदा सबैलाई एकै प्रकारको लक्षण देखा नपर्न पनि सक्छ । विशेषगरि डिप्रेसन हुने मुख्य कारण यस्ता छन् ः—

  • वंशाणुगत प्रभाव ।
  • चिन्ता लिनु ।                                                       
  • तनाव, स्टे«समा काम गर्नु ।
  • जीवनमा कुनै आकास्मिक दुर्घटनाको असर पर्नु, जसलाई मस्तिष्कले झेल्न नसक्नु ।
  • असफलता वा सोचे अनुकुलको काम नहुँदा सामान्य रुपमा लिन नसक्दा पनि डिप्रेसन हुन सक्छ ।
  • डिप्रेसनका लक्षण 
  • डिप्रेसन हुँदा तुरुन्त लक्षण नदेखिन पनि सक्छ । तर, बिस्तारै यस्ता लक्षण देखिन सक्छ ः—
  • उदास हुने ।
  • निरास हुने ।
  • कमजोरी महशुस हुने ।
  • हिनताबोध ।
  • इच्छाशक्तिको कमी ।
  • दिग्दारीपन । 
  • समाजमा प्रस्तुत हुन असहज ठान्ने ।

यसकारण डिप्रेसनलाई बेवस्था गर्नुहुँदैन 
हाम्रो समाजमा डिप्रेसनलाई रोगको रुपमा लिने चलन अझै विकास भएको छैन् । डिप्रेसनका बिरामीलाई उल्टै विभिन्न आक्षेप लगाउँदा बिरामीको अवस्था गम्भीर हुनेगर्छ । सुरुवाती चरण वा कुनै पनि लक्षणको शंका लागेका मनोचिकित्सककोमा जानुपर्छ । परिवारका सदस्यले पनि शौहार्द वातावरण तय गर्यो भने डिप्रेसन छिट्टै निको हुन्छ । अन्यथा मानिसको ज्यानै जाने खतरा हुन्छ । आत्महत्याको प्रमुख एक कारण डिप्रेसन पनि हो । 

यस्ता व्यक्तिलाई डिप्रेसनको सम्भावना बढी 
पछिल्लो समय युवायुवतीलाई डिप्रेसनले बढी नै सताउने गरेको छ । यद्यपि, डिप्रेसन सबै उमेर समूहका व्यक्तिमा हुन्छ । मानसिक, पारिवारिक, सामाजिक, आर्थिक अवस्था, कामको प्रकृति आदिले डिप्रेसन हुने नहुने कुराको निर्धारण गर्छ । डिप्रेसनबाट बच्न यसो गर्ने 

  • तनाव नलिने ।
  • जस्तो सुकै परिस्थितिलाई पनि सामान्य रुपमा लिने ।
  • नियमित व्यायम गर्ने । 
  • स्वस्थ खानपानमा ध्यान दिने । 
  • परिवारका अग्रजलाई यस्तो रोग लागेको भए आफुलाई पनि समय समयमा मनोचिकित्सकको परामर्शमा रहने ।

डिप्रेसनको उपचार 

डिप्रेसनको समयमै पहिचान गरी उचित उपचार गर्यो भने छिट्टै निको हुन सक्छ । 
दक्ष चिकित्सकको सल्लाह बमोजिम डिप्रेसनको अवस्था हेरी दुई प्रकारले उपचार गर्न सकिन्छ । 
१. औषधिको सेवन ।
२. परामर्श (साइको थेरापी)।
यो उपचार गरिसकेपछि बिरामी पूर्ण निको भएपनि पहिलेको जस्तंै व्यवहार दोहोराउन सक्छ । यसतर्फ भने बिरामी स्वयं र परिवारका सदस्य सचेत रहनुपर्छ ।

भिडियो हेर्नुहोस्:

 

Last modified on 2018-03-28 23:06:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts