रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर



Download our app to get more features

चितवन, १४ चैत । चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।

रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरपालिकाले पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३ सय ४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७ सय २१ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ ।
वडाका घरघरमा लगत संकलन गरेर खोप लगाउन छुटेकालाई समेत सो अवधिमा खोप लगाएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले जानकारी दिए । 

स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण
उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर नगरपालिकालाई ६ वटा स्वास्थ्य संस्थासमेत मंगलबार नै हस्तान्तरण गरेको घिमिरेले जानकारी दिए । यसरी हस्तान्तरण गरिएकामा पिठ्वा स्वास्थ्य चौकी, बछौली स्वास्थ्य चौकी, पञ्चकञ्या स्वास्थ्य चौकी छन् ।

यस्तै टरौली, नरकटिया र जिरौना शहरी स्वास्थ्य केन्द्रसमेत मंगलबार नै नगरपालिकालाई हस्तान्तरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिए । 
सो क्रममा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले पूर्ण खोप घोषणा गर्ने काम महत्वपूर्ण भएको दावी गरे । उनले स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको पनि औँल्याए ।  

रासस

 

Last modified on 2018-03-28 15:05:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts