पेडिक्योर गराउँदै हुनुहुन्छ सावधान ! गम्भीर रोग सर्ला



Download our app to get more features

युवायुवतीदेखि वृद्धवृद्धासम्मै सुन्दर बन्न विभिन्न उपाय अपनाउने गर्छन् । अनुहारको सौन्दर्य मात्रै होइन शरीरका विभिन्न भागलाई सुन्दर बनाउन समेत उनीहरू ब्यूटी पार्लर र अस्पतालसम्म पुग्ने गर्छन । साथै नियमित रुपमा स्पा, फेसियल, पेडिक्योर (खुट्टा सफा गर्ने) आदि पनि गराइरहेका हुन्छन् । स्पा पनि विभिन्न प्रकारका हुन्छन् ।

जसमध्ये एक हो फिस फूट स्पा । यो स्पामा खुट्टामा भएका मृत कोषिका माछालाई खुवाउने गरिन्छ । तर, यो विधि निकै खतरनाक भएको विज्ञहरूको भनाइ छ । विज्ञहरूले फिस फूट स्पाले एचआईभी र हेपेटाइटिस सी जस्ता खतरनाक रोग लाग्ने चेतावनी दिएका छन् ।

कम्जोर व्यक्तिले गर्नु हुँदैन फूट स्पा
लण्डनको गर्भरमेन्ट हेल्थ प्रोटेक्सन एजेन्सीका अनुसार मधुमेह वा जुन व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर छ विशेषगरी त्यस्ता व्यक्तिलाई रोगले सजिलै आक्रमण गर्न सक्छ । त्यसैले यस्ता व्यक्तिले फिस फूट स्पाबाट टाँढै बस्नु पर्छ । 

हेल्थ प्रोटेक्सन एजेन्सीले यो लोकप्रिय ट्रिटमेन्टका कारण धेरै व्यक्तिलाई इन्फेक्सन हुन थालेको जनाएको छ । एजेन्सीले फिस ट्यांकको पानीलाई एकदेखि अर्को ग्राहकका लागि प्रयोग नगर्न पनि सुझाब दिएको छ । एजेन्सीले भनेको छ, ‘यदि पानीलाई फेरिएन भने एक ग्राहकलाई भएको रोगले अर्को ग्राहकलाई इन्फेक्सन र रोगले आक्रमण गर्न सक्छ ।’ किनकी फिस फूट स्पा विधिमा माछाले मानिसको खुट्टामा आक्रमण वा टोकेर मृत कोषलाई निकाल्ने काम गर्छ र यदि माछाको टोकाइबाट रगत निस्कियो भने रगतको माध्यमले संक्रमण हुने खतरा हुन्छ । 

हरेक ग्राहकका लागि पानी बदल्न सुझाब
स्पा लिन वा पेडिक्योर गराउन विभिन्न किसिमका ग्राहक आउने गर्छन् र तीनै मध्ये एचआईभी भाइरस वा हेपेटाइटिसबाट ग्रसित अथवा अन्य कुनै रोगले ग्रसित मानिस पनि हुन सक्छन् । त्यसैले पानीलाई सकेसम्म एक जनाले प्रयोग गरिसकेपछि बदल्नु राम्रो हुने एजेन्सीले सुझाएको छ । 

स्पा सेन्टरहरूको बढ्दो संख्याका कारण नयाँ गाइड लाइन जारी गरिएको छ । एजेन्सीका  प्रवक्ताका अनुसार यदि हाइजीन सम्बन्धी सबै नियमको पालना गरियो भने इन्फेक्सनको खतरा न्यून भएर जान्छ ।

एसियामा निकै नै लोकप्रिय यो पेडीक्योर र स्पा विधि अमेरिकाको केही राज्यमा बन्द गरिएको छ । किनकी खुला घाउका लागि इन्फेक्स फैलिने खतरा बढी हुन्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-10 09:32:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts