टाउको दुख्यो भन्दैमा जथाभावि औषधि सेवनले निम्त्याउँछ गम्भीर समस्या

(भिडियोसहित)



Download our app to get more features

टाउको दुख्नु धेरैको साझा समस्या हो । सामान्य वा गम्भीर शारीरिक समस्याका कारण टाउको दुख्न सक्छ । साथै अस्वस्थ खानपान, जीवन शैली, वातावरणका कारण पनि टाउको दुख्ने समस्या हुनसक्छ । टाउको किन दुख्छ र यसबाट कसरी जोगिने भनेर न्युरोलोजिष्ट डा. अभिनाश चन्द्रले दिएको सुझाव यस्तो छ ।

टाउको दुख्ने समस्या नेपालमा मात्रै नभएर विकसित मुलुकमा पनि बढ्दो छ । मेडिकल परीक्षणपछि मात्रै किन र के कारणले टाउको दुखेको हो प्रष्ट हुन्छ । कतिपयको टाउको दुखाईको कारण त चिकित्सा शास्त्रले समेत पत्ता लगाउन सकेको छैन् । समान्यतया टाउको दुख्नुका मुख्य कारण यस्ता छन् । 

  • तनाव ।
  • निन्द्रा नपुग्नु ।
  • लामो समय भोकै बस्नु । 
  • घाम वा पानीमा बस्नु ।
  • पिनास, रुघाखोकी लाग्नु । यी कारणबाट टाउको दुखेको भए अनुकुल वातवरण हुन साथ टाउको दुखाई ठीक हुन्छ । 

जटिल कारण 

  • माइग्रेन हुनु ।
  • नशाको समस्या ।
  • छारेरोग हुनु ।
  • टाउकोमा ट्युमर पलाउनु, पानी जम्नु ।

शरीरमा अन्य अंगको समस्याले टाउकोमा असर गर्दा टाउको दुख्न सक्छ  । यस्ता कारणले टाउको दुखेको भए सो समस्या निराकरण गरेपछि मात्र टाउको दुख्न छोड्छ । 

कहिलेकाही सामान्य समस्याले टाउको दुखे त्यती डराउनु पर्दैन । आफै ठीक हुन्छ । तर, टाउको दुखाईको तरीका बद्लियो, लामो समय वा दिनप्रतिदिन दुख्यो, काममा असर पार्यो भने तुरुन्त परीक्षण गराउनु पर्छ । यस्तो समस्यालाई लापर्बाही गरे ज्यानै जाने खतरा रहन्छ ।

यस्ता व्यक्तिको टाउको दुख्नु गम्भीर

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, बढी तौल भएका मानिसको टाउको दुख्नु गम्भीर मानिन्छ । यस्ता व्यक्तिले टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ । 

टाउको दुख्ने समस्या सबै उमेरका व्यक्तिमा देखिए पनि पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । महिलामा हर्मोनको गडबढी बढी हुने, महिलाले कामको भार थाम्नु पर्ने भएकाले पनि उनीहरूमा समस्या बढी देखिन्छ । 

बच्ने उपाय
टाउको दुखाईबाट बच्ने सबै भन्दा उपयुक्त उपाय भनेको यसको कारण पत्ता लगाएर उपचार नै हो । साथै तनाव नलिने, स्वस्थ खानपान, नियमित व्यायम, योगा, ट्युमर, नशामा समस्या, छारेरोग र अन्य अंगको रोगको कारणले दुखेको भए सो रोगको उपचार गर्ने । 

टाउको दुख्यो भन्दैमा जथाभावी औषधि सेवन गर्नु हँुदैन् । यसले एकछिनको दुखाईबाट मुक्त गरे पनि भविष्यमा जटिल समस्या ल्यानसक्छ ।
 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-10-21 20:03:11

1 Comments

  1. sir ...mero summer season ma badi headache hunx k karan le hola?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts