चिकित्सा शिक्षा अध्यादेश संसदमा टेबुल 



Download our app to get more features

काठमाडौं, १५ चैत । देउवा नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक संसदमा टेबुल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित सो अध्यादेश बिहीबार संघीय संसद सचिवालयमा टेबुल भएको हो । पुरानो अध्यादेशलाई यथावस्थामा नै टेबुल गरिएको मन्त्री पोखरेलले जानकारी दिएका छन् । 
संसद् सचिवालयमा दर्ता भएपछि प्रतिनिधि सभाको बैठकमा सो अध्यादेश पेश हुनेछ । संसद्बाट अनुमोदन भएपछि यसले कानुनको रुप लिनेछ । सो अध्यादेश प्रतिस्थापन विधेयक संसद् सुरु भएको ६० दिनभित्र पेश गर्नुपर्ने नियमअनुसार टेबुल भएको हो । 
चिकित्सा शिक्षा अध्यादेश २४ कात्तिकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । डा. गोविन्द केसीको माग अनुसार अध्यादेश ल्याइएको हो । अध्यादेशमा सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति, मेडिकल कलेजहरूले स्नातक कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्ने उल्लेख छ । छात्रवृत्तिको सो संख्या क्रमशः बढाउँदै जानुपर्ने उल्लेख छ ।

अध्यादेशमा काठमाडौं उपत्यकामा कम्तीमा १० वर्ष मेडिकल कलेज खुल्न नपाउन व्यवस्था पनि छ । अध्यादेशको दफा ३६ मा नर्सिङ शिक्षा बारे उल्लेख छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts