चिकित्सा शिक्षा अध्यादेश अविलम्ब पास गर्न डा. केसीको माग



Download our app to get more features

काठमाडौं, १६ चैत । डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश अविलम्ब पारित गर्न माग गरेका छन् । शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा अध्यादेश अविलम्ब पारित नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्न आवश्यक रहेको डा. केसीको भनाइ छ ।

निजी मेडिकल कलेजहरुमा सरकारले तोकेको भन्दा बढी शुल्कमा स्नातकोत्तर पढाउने चलखेल भइरहेको भन्दै डा. केसीले यसले  मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर झनै खस्कँदै जाने चेतावनी दिए । 

डा. केसीले आफ्ना चारबुँदे माग चैत महिनाभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  माग पूरा नभए सत्याग्रह गर्ने उनले चेतावनी दिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts