बिरामीको सेवा गर्न डा. केसी डोल्पामा 



Download our app to get more features

डोल्पा १७ चैत्र । बिरामीहरुको उपचारका लागि डाक्टर गोविन्द केसी डोल्पा पुगेका छन् ।

हिजो जहाजमार्फत डोल्पा पुगेका  हाड जोर्नी विशेषज्ञ डा. केसी आफु डोल्पाका दुर दराजमा रहेका बिरामीहरुको उपचारको लागी आएको बताए । माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अन्तरगत धो तरापमा पुगेर ३ दिनसम्म माथिल्लो डोल्पाका बिरामीहरुको चेक जाँच गरेर फर्कने डा. केसीले सुनाए ।

डा. केसीले स्थानीय सञ्चारकमीहरुसँग कुरा गर्दै  नेपालको सबै जिल्लामा पुगेर स्वास्थ्य उपचार नै पाउन नसकेका गाउँबस्तीका जनतालाई उपचार गर्ने आफ्नो इच्छा रहेको बताए । स्वास्थ्य क्षेत्रमा रहेका विकृति हटाउनका लागि पटक–पटक अनशन बस्दै आएका डाक्टर केसी यसअद्धि  पनि नेपालका विभिन्न ग्रामिण तथा दूरदराज ठाउँमा पुगेर आफुले सक्दो स्वास्थ्य सेवा दिँदै आएका थिए ।   
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts