गर्मीयाम सुरु भएसँगै तराईमा आँखाका बिरामी बढे



Download our app to get more features

जनकपुर,१७ चैत । गर्मी मौसम सुरु भएसँगै तराईका अस्पतालहरूमा आँखा सम्बन्धी विभिन्न समस्या लिएर आउने बिरामीको संख्या बढेको छ ।

धनुषा, सिरहा, मोरङ लगायत क्षेत्रमा आँखा पोल्ने, आँसु आउने, चिलाउने, आँखा पाक्ने, कन्जक्टभाइटिस लगायतका समस्या धेरै देखिएको चिकित्सहरूले जनाएका छन् । 

जानकी आँखा अस्पताल जनकपुरका मेडिकल डाइरेक्टर डा. हेमचन्द्र झाले अस्पतालमा आउने बिरामीको संख्या केही दिनयता निकै बढेको बताएका छन् । डा. झाले दैनिक दुई सयको हाराहारीमा बिरामीहरू यस्ता समस्या लिएर अस्पताल आउन थालेको बताए । 

फागुन चैतमा बोटबिरुवामा नयाँ पालुवा आउने, पुतलीहरू उड्ने, हावाहुरीका कारण धुलो उड्ने जस्ता समस्याले विशेषगरी विद्यालय, कलेज तथा कामकाजीलाई प्रभावित पारेको उनले बताए ।

डा. झाले यस्ता समस्याबाट जोगिनका लागि चस्माको प्रयोग गर्ने, सकेसम्म धुलोधुँवाको सम्पर्कमा आउनबाट जोगिने, आँखामा कुनै पनि समस्या देखिए तुरुन्त सम्बन्धित चिकित्कसँग परामर्श लिन सुझाव दिएका छन् ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा पनि आँखाका बिरामीको संख्या बढेको छ ।

उता, विराट मेडिकल शिक्षण अस्पतालका आँखा विभाग प्रमुख डा. सोनु देवले गर्मी मौसम सुरु भएसँगै अस्पतालमा बिरामीको संख्या दैनिक ३० देखि ४० पुग्ने गरेको बताए । उनले विशेषगरी कन्जक्टभाइटिसका बिरामीको संख्या बढेको बताए ।

यसैगरी सगरमाथा चौधरी आँखा अस्पताल लहानकी मेडिकल डाइरेक्टर डा. लिला क्षेत्रीले पनि अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० को हाराहारीमा बिरामी आउन थालेको बताइन् । 

Last modified on 2018-04-06 08:15:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts