चिकित्सक लाईसेन्स परीक्षामा ७६ प्रतिशत पास 



Download our app to get more features

काठमाडौ, १८ चैत । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा ७६ प्रतिशत चिकित्सक पास भएका छन् । १६ सय ५० जनाले परीक्षा फारम भरेपनि  एमबीबीएस तर्फबाट १६ सय ३८ जना परीक्षामा सामेल भएका थिए । यस्तै  बीडीएसतर्पm ३ सय ५ जना सहभागी भएका थिए । काउन्सिलले शनिवार परीक्षा लिएको थियो ।

एमबीबीएसमा १२ सय १४ र बिडिएसमा २ सय ६५ जना चिकित्सक पास भएको काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माले जानकारि दिएका छन् । उनका अनुसार एमबीबीएसतर्फ ४ सय २४  र बिडिएसतर्फ ४२ जना फेल भएका छन् ।

 

परीक्षामा काउन्सिलकै कलम प्रयोग 
काउन्सिलले परीक्षामा हुनसक्ने सम्भावित अनियमितता रोक्न मोबाइल जामर प्रविधि प्रयोग गरेको थियो ।  परीक्षा मर्यादित बनाउन भन्दै काउन्सिलले पहिलोपटक परीक्षा केन्द्रमा मोबाइल नचल्ने प्रविधि (जामर) अपनाएको शर्माले बताए । सो परीक्षा केन्द्रमा परीक्षार्थीलाई कलम र घडी लैजानसमेत निषेध गरिएको थियो । 

 

Last modified on 2018-04-01 16:23:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts