स्तन जोगाएर पनि गर्न सकिन्छ स्तन क्यान्सरको उपचार



Download our app to get more features

स्तन क्यान्सर के हो ?

स्तनका कोषहरू असामान्य रुपमा वृद्घि हुनु, स्तनका कोषमा परिवर्तन भइ तिनीहरूको वृद्धि अनियन्त्रण तथा अनावश्यक तरिकाले भइ गिर्खा गाँठागुठी देखिनु, निको नहुने घाउ हुनु स्तन क्यान्सर हो ।

अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान र वंशानुगत कारणले पनि क्यान्सर हुनसक्छ । यी कुरामा ध्यान नपु¥याउँदा पछिल्लो समय क्यान्सर रोगीको संख्या तिव्र गतिमा बढी रहेको छ । महिला र पुरुष दुवैमा क्यान्सरको जोखिम बढ्दो छ । महिलामा हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ । 

नेपालमा स्तन क्यान्सरबाट कति महिला पीडित छन् भन्ने आधिकारीक अनुसन्धान तथा तथ्यांकन नभए पनि वर्षेनी करिब पाँच हजार पीडित हुने नेपाल सरकारको अनुमान छ । 

स्तन क्यान्सरका लक्षण 
–  स्तनको आकारमा परिवर्तन आउनु ।
–  स्तनमा नदुख्ने गाँठागुठी आउने ।
–  स्तनको मुन्टनबाट रगत वा पिप बग्ने । 
–  छालामा निको नहुने घाउहरू आउने । 
–  छाला रातो देखिने रङमा परिवर्तन आउने ।
–  काखीमा गाँठागुठी आउने ।
–  स्तनको मुन्टोभित्र जाने ।

यस बाहेक पनि स्तनमा कुनै परिवर्तन आए तत्काल चिकित्सकसँग परामर्श लिनुपर्छ । माथि उल्लेखित लक्षणहरू सुरुवाती चरणका लक्षण हुन् । तर, कतिपय अवस्थामा कुनै लक्षण विनै पनि स्तनक्यान्सर देखिन सक्छ । यसकारण वर्ष कम्तीमा पनि एकपटक महिलाले मेमोग्राम गरे स्तन क्यान्सरको जोखिमबाट बँच्न सक्छन । 

स्तन क्यान्सरका कारण 
 – स्तन क्यान्सर हुने निश्चित तथ्य कारण पत्ता नलागे निम्न अवस्थामा क्यान्सको जोखिम उच्च हुन्छ । 
 –  रगतको नाता आमा, दिदीबहिनी छोरा मध्ये कसैमा क्यान्सर भए स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
 –  नियमित मदिरा सेवन गर्ने महिलामा कयान्सरको सम्भावना उच्च  हुन्छ । 
 –  दुध खुवाउने महिलाले बच्चालाई दुध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ 
 –  गर्भ निरोधक औषधि धेरै प्रयोग गर्दा पनि क्यान्सरको सम्भावना बढ्छ । 
 –  बच्चा नभएका महिलामा स्तन क्यान्सरको जोखिम हुन्छ ।
 –  महिनावारीमा गढबढी भएमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । 
 –  मोटोपन धेरै भएका मानिसमा पनि स्तन क्यान्सर हुने हुन ।

   स्तन परीक्षण गर्ने तरिका 
 –  स्तनमा परिवर्तन आएमा ऐक्सरे गर्ने 
 –  महिनाको एकपटक आफैंले स्तन परीक्षण गर्ने । 
 –  प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने । 
 –  प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

उपचार 
स्तन क्यान्सरको उपचार क्यान्सररको आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि तथा अगाडीलाइ आधार मानेर शल्यक्रिया, रेडियोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापीबाट उपचार गरिन्छ । यी सबै सेवा नेपालमा उपलब्ध छ ।

स्तनलाई बचाएर पनि उपचार गर्न सकिन्छ 
स्तन क्यान्सर भन्ना साथ मानिसहरूले स्तन फालेर गर्ने उपचार बुझ्छन् । तर पछिल्लो समय क्यान्सरको उपचारमा निकै परिर्वतन भइसकेको छ । सुरुसुरुमा स्तन पुरै काटेर उपचार गरिन्थ्यो । तर, अहिले क्यान्सरको सुरु अवस्था थाहा हुँदा क्यान्सर भएको स्तन बचाएर पनि उपचार सम्भावना छ । 

३५ प्रतिशत बिरामीको स्तन बचाएर अप्रेसन भएका छन् । केमोथेरापी पहिलाको तुलनामा धेरै राम्रो भएको छ । पहिला यसको साइड इफेक्ट धेरै हुन्थ्यो भने अहिले यसको साइड इफेक्ट कम हुन्छ । सबैमा एउटै औषधिको प्रयोग गरिन्थ्यो भने हाल क्यान्सरको अवस्था र प्रकार हेरेर फरकफरक औषधि प्रयोग गरिन्छ । यस्तै रेडियोथेरापी जसको प्रयोगबाट धेरै भन्दा धेरै स्तन बचाएर उपचार गर्न सकिन्छ जुन नेपाल क्यान्सर हस्पिटलमा सम्भावना छ । 

नेपालमा पहिलाको तुलनामा रेडियोथेरापीको पनि राम्रो विकास भएको छ । एक सेन्टिमिटर भन्दा ठूलो गिर्खाहरूलाई शल्यक्रिया र केमोथेरापी गर्नुपर्छ । यदि गिर्खा काखीमा सरेरेडियो थेरापी गर्नुपर्ने हुन्छ ।

स्तन क्यान्सरपछि जीवन नै नै सकियो भन्ने गलत धारणा मानिसहरूमा छ । तर स्तन काटेर फ्यालेका महिलामा स्तन प्रत्यारोण गर्ने प्रविधिको पनि विकास भइसकेको छ । 

 

(ज्ञानु दुलालसँगको कुराकानीमा आधारित)

Last modified on 2018-07-30 11:41:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts