गर्मीयाममा यसरी गरौं छालाको स्याहार



Download our app to get more features

गर्मी मौसममा छाला सम्बन्धी विभिन्न समस्या बढी देखिन्छ । विशेषगरी चर्को घाम, धुलो धुँवाका कारण एलर्जी, कस्मेटिक समस्या (छालामा दाग हुने, धेरै मेकअप गर्दा र त्यो मेकअप सफा नगर्दा डन्डिफोर आउने आदि), छाला चिलाउने, रातो हुने जस्ता समस्याले हैरानी दिने गर्छ । 

यो मौसममा छाला बढी मोइस्चराइजर हुने, घामको किरण, धुुलोका कणले गर्दा चायाँ आउने, ब्ल्याक हेड्स, व्हाइट हेड्स जस्ता समस्या देखिन्छ । यति मात्र होइन यदि शरीर पहिलादेखि नै रोगी छ वा शरीरमा अत्याधिक पसिना आउने समस्या छ भने पनि छालामा समस्या हुने गर्छ । 

गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरमा रेसेज आउने, छाला चिलाउने, छाला फोहोर हुने र घाउ हुने पनि हुन्छ । यस्तो मौसममा छालाको स्याहार यसरी गर्नुपर्छ :—

♦ घरबाट बाहिर घाममा निस्किँदा शरीरलाई असर नपर्ने अर्थात् छालालाई सुहाउँदो सनस्क्रिन लगाउने

♦ टोपी, ह्याट लगाउने वा सलले मुख छोप्ने 

♦ धेरै कसिलो लुगा नलगाउने, सुतीको खुकुलो लुगा लगाउने 

♦ लामखुट्टे वा अन्य किराको टोकाइले एलर्जी हुने हुँदा त्यसबाट जोगिन झुलको प्रयोग गर्ने 

♦ दिनमा ३ पटकसम्म अनुहार सफा गर्ने

♦ धुँवा धुलो भएको ठाउँमा नजाने 

♦ सम्पूर्ण शरीरको सरसफाईमा ध्यान दिने

♦ खानपानमा ध्यान दिने, धेरै पिरो चिल्लो नखाने

♦ छालामा समस्या बढ्दै गए छालारोग विशेषज्ञसँग परामर्श लिने 

Last modified on 2018-04-06 08:12:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts