स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा.लोहनी



Download our app to get more features

काठमाडौं, १९ चैत । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी फेरफेर गरेकी छिन् । 

सोमवार मन्त्रीस्तरीय निर्णय गर्दै  स्वास्थ्य राज्यमन्त्री अर्यालले मन्त्रालय र विभागीय कर्मचारीको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

स्वास्थ्य राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरेकी छिन् । यसअघि डा. लोहनी सामाजिक स्वास्थ्य सुरक्षा विमा समितिका कार्यकारी निर्देशक थिए । 

सामाजिक स्वास्थ्य सुरक्षा विमा समितिका कार्यकारी निर्देशकमा स्वास्थ्य मन्त्रालय योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीलाई जिम्मेवारी दिएकी छिन् । जिल्ला जनस्वास्थ्य काठमाडौंका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई योजना महाशाखामा ल्याइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा वीर अस्पतालका चिकित्सक डा. केदार सेन्चुरी नियुक्त भएका छन् ।  मन्त्रालयको चिकित्सा सेवा महाशाखामा डा. दीपेन्द्र रमण सिंह नियुक्त भएका छन् । चिकित्सा सेवा महाशाखा प्रमुख रहेका डा. भोलाराम श्रेष्ठलाई वीर अस्पतालमा पठाइएको छ । 

डा. तारा पोखरेललाई परिवार स्वास्थ्य महाशाखाको जिम्मेवारी दिइएको छ । परिवार स्वास्थ्य निर्देशक डा. विकास देवकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भीमसिंह तिंकरीलाई अनुगमन महाशाखामा ल्याइएको छ । 

 

Last modified on 2018-04-03 12:35:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts