ढाड दुख्ने यस्ता छन् समस्या



Download our app to get more features

आजभोली बदलिँदो जीवनशैली र खानपानको सिधा असर हाम्रो सस्थ्यमा पर्ने गरेको हामी सबैलाई थाहा भएको कुरा हो । हाम्रो बदलिँदो जीवनशैलीले हाम्रो शरीरको मुख्य अंग ढाडमा सिधा आक्रमण नै गर्ने गरेको देख्न सकिन्छ । 

पछिल्लो समय ढाड दुख्ने समस्या सामान्य बनिसकेको छ । प्रायः सबै उमेर समुहका व्यक्तिमा यो समस्या रहे पनि विशेषगरी युवावर्ग बढी पीडित छन् । बसाईको क्रममा कुर्सीको सन्तुलन नमिल्नु, लामो समय सम्म एउटै अवस्थामा बसेर काम गरिरहनु, ओछ्यानमा पल्टिएर काम गर्नु ढाड दुख्नुको प्रमुख कारण हो । यो समस्या विशेषगरी अहिलेका ९५ प्रतिशत युवामा देखिएको छ । किनकी कार्यालयमा काम गर्दा, वा घरमा काम गर्दा, विद्यालय वा कलेजमा बस्दा सिधा भएर नबस्ने, सुत्दा निकै कडा वा निकै नरम किसिमको डसनाको प्रयोग गर्नाले पनि ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले कार्यालयमा काम गर्दा सकेसम्म सिधा बसेर काम गर्ने, कुर्सीको प्रयोग गर्दा पनि राम्रो कुर्सीको छनौट गर्नु पर्छ ।  दिनभरीको कामले ढाड दुखेपनि आराम गरिसकेपछि दुखाई निको हुन्छ भने त्यस्तो दुखाईबाट डराउनु हुँदैन । तर, दुखाई सँगै ज्वरो आएमा, सुुतिरहेको अवस्थामा ब्युझिने किसिमको दुखाई भएमा, दुखाई सँगै तौल कम भएमा विशेषज्ञ सँग परामर्श गराइहाल्नु पर्छ ।

त्यतिमात्र नभई निस्क्रिय जीवनशैली, व्यायामको अभावका कारण मांशपेशी कमजोर भयो भने पनि ढाड दुख्ने समस्या हुन सक्छ । खानपानको सिँधा सम्पर्क ढाड दुख्ने समस्यासँग नभएपनि बदलिँदो जीवनशैलीले यो समस्या सृजना गर्ने गर्छ ।  

ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ । ढाड दुख्ने समस्या शुरु भएसँगै विशेषज्ञ चिकित्सक, फिजियो थेरापिस्ट वा योगा विशेषज्ञ सँग सम्पर्क गर्नु उचित हुन्छ । विशेषज्ञको सल्लाह बीना आफै गरिने उपचार र व्यायाम गलत पनि हुन सक्छ । यसले स्वास्थ्यमा झन नकारात्मक असर गर्न सक्छ । त्यसकारण सकेसम्म चिकित्सकको परामर्शमा नै औषधि सेवन गर्ने वा योगा विशेषज्ञको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ । 

कुनैपनि स्वास्थ्यसँग सम्बन्धीत समस्यालाई सामान्य रुपमा लिनु हुँदैन । सामान्य रुपमा लिइएको ढाड दुख्ने समस्यालाई वेवास्ता गर्दै जाने हो भने विस्तारै जटिल बन्दै जान्छ र दैनिकी नै असहज बन्न सक्छ । त्यसैले स्वास्थ्यप्रति सजक बन्नु पर्छ र आफ्नो जीवनशैलीलाई आजैबाट सुधार गर्नुपर्छ । 

Last modified on 2018-04-06 08:12:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts