बाँकेमा बर्डफ्लुको उच्च जोखिम



Download our app to get more features

बाँके, २० चैत । बाँके जिल्ला बर्डफुलुको उच्च जोखिममा रहेको देखिएको छ । 

जिल्लाको सीमावर्ति भारतको  उत्तर प्रदेशका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण बढेसँगै बाँके उच्च जोखिममा देखिएको हो । खुला सीमानाका कारण पंक्षि तथा पंक्षिजन्य बस्तुहरु भित्र्न सक्ने भन्दै सम्बद्धहरुले चेकजाँचमा कडाइ गरेका छन् ।  

करिब आधा दशकअघि बाँकेमा भित्रिएको बर्ड फ्लुका कारण सयौं कुखुरा मरे । यो पटक पनि त्यस्तै स्थित आउन सक्ने सम्भावना बढेपछि बाँकेका कुखुरा पालक किसान अत्तालिएका छन् । 

सरकारले भारतबाट भित्रने पंक्षि तथा पंक्षिजन्य वस्तुमा ६ बर्ष अघि नै प्रतिबन्ध लगाएको छ । तर खुला सिमानाको फाईदा उठाउँदै भारतिय कुखुरा नेपाल भित्रिरहेका छन् । जसका कारण बाँकेमा बर्ड फ्लुको उच्च जोखिम छ । 

नेपालगन्जको जमूना नाका नजिकै भारतीय क्षेत्रमा बर्डफुलु देखिएपछि बाँकेमा निगरानी बढाइएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश बहादुर शाहीले बताए ।

समयमै चेकजाँच कडाई गरि कुखुराको आयातमा पुर्णरुपमा प्रतिबन्ध नलगाए भयानक स्थिती आउन सक्ने भएकोले सम्बन्धित निकाय, सिमावर्ती स्थानिय, उपभोक्तालाई सजग हुन जिल्ला प्रशासन कार्यालय बाँकेले सचेत गराएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts